चोरी भएका मोटरसाइकल खोजी र अनुसन्धानबारे के गर्दै छ नेपाल प्रहरी ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

चोरी भएका मोटरसाइकल खोजी र अनुसन्धानबारे के गर्दै छ नेपाल प्रहरी !

nepal-police
काठमाडौं,२२ चैत्र । नेपालमा केही समय अघिसम्म विलासिताको रूपमा हेरिएका सवारी साधनहरू अहिले जिवनको अत्यावश्यक साधनको रूपमा प्रयोग हुने गरेको छ । त्यसमाथि पनि नेपालजस्तो निम्न र मध्यम स्तरका नागरिक बढी भएको देशमा मोरसाइकलको अत्यधिक प्रयोग भइरहेको छ । जसको कारण मोटरसाइकल खरिद गर्ने क्रम पनि बढेको देखिन्छ । मोटरसाइकलको संख्या बढेसँगै चोरी पनि भइरहेको र अनुसन्धान पनि जारी रहेको छ ।
काठमाडौं महानगरपालिका–३२ जडिबुटीबाट ओखलढुंगाका संजोक टोलाङीको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । तत्काल खोजी तथा अनुसन्धान गर्दै जाँदा काठमाडौं पेप्सीकोलामा मोटरसाइकल फेला पर्‍यो । ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याई मोटरसाइकल टोलाङीलाई बुझायो ।
त्यसैगरी ललितपुर सातदोबाटोबाट मिनु घोषको मोटरसाइकल पनि चोरी भयो । उनले ट्राफिक प्रहरीमा उजुरी दिइन् । खोजी तथा अनुसन्धान गर्दै जाँदा ललितपुर चापागाउँमा मोटरसाइकल फेला पर्‍यो । उनलाई पनि ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याई मोटरसाइकल बुझायो ।
टोलाङी र घोष जस्तै धेरै जनाको मोटरसाइकल चोरी हुने गरेको छ । यसरी हुने चोरी रोकथाम गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सक्रियता बढाएको छ । पछिल्लो समय चैत १३ गते मात्र उक्त कार्यालयले फेला पारेका  २० वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको छ । हराएर पाउने आशा मारेको मोटरसाइकल पाएपछि उनीहरू सबैले खुसी हुँदै ट्राफिक प्रहरीलाई हस्तान्तरण कार्यक्रममै भावुक हुँदै धन्यवाद दिए ।
यस सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ,“चोरी भएका मोटरसाइकल खोजी तथा अनुसन्धान गर्न देशभरका प्रहरीलाई सक्रिय पारिएको छ । विशेष योजना र कार्यक्रमहरू तयार गरी सुक्ष्म तरिकाले निग्रानी, प्रत्यक्ष अनुगमन र अनुसन्धान गर्ने गरिएकोले चोरी भएका मोटरसाइकल पत्ता लगाई सम्बन्धित धनीलाई बुझाउन सफलता मिलेको छ ।”
चालू आर्थिक वर्षको हालसम्म काठमाडौं उपत्यकाबाट १ हजार ८ सय ४७ वटा मोटरसाइकल चोरी भएको तथ्याङ्कले देखाएको छ । तीमध्ये ३ सय ७४ वटा मोटरसाइकल फेला परेका छन् । फेला परेका मोटरसाइकलमध्ये २ सय ९१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ भने २४ वटा आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयमा र १७ वटा भन्सार कार्यालयमा बुझाइएको छ । बाँकी ४२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा छन् । चोरीमा संलग्न २९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको छ ।
यसैगरी आर्थिक वर्ष २०७९र०८० मा १ हजार ८५० वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ५५१ वटा मोटरसाइकल प्रहरीले फेला पार्न सफल भई ४९९ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ३८ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको थियो । त्यसैगरी आर्थिक वर्ष २०७८र०७९ मा १ हजार ६०४ वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ५०६ वटा मोटरसाइकल प्रहरीले फेला पार्न सफल भई ४३४ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ४५ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको थियो ।
मोटरसाइकल चोरी नियन्त्रण गर्ने क्रममा मोटरसाइकल बढी मात्रामा चोरी हुने स्थानमा निगरानी गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने र कानूनी कारबाही गरिन्छ । चोरी हुनबाट सचेत गराउन समय समयमा सचेतनामूलक पर्चा वितरण तथा कार्यक्रम संचालन गर्ने गरिन्छ । धेरै जसो साँझ र रातको समयमा मोटरसाइकल चोरी हुने गरेको निवेदन आउने गरेको छ ।
यस सम्बन्धमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठ भन्नुहुन्छ, “चोरी भएका सवारी साधनको विशुद्ध खोजतलास र अनुसन्धानका लागि ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरिएको छ । युनिटले तत्कालै परिचालित भई के(कस्तो सवारीसाधन कहाँबाट चोरी भयो रु विगतमा कस्तो प्रकारको चोरी भएको थियो जानकारी लिई अनुसन्धान सुरू गर्छ । छिमेकी जिल्लासँग समन्वय गर्ने तथा नाकाका युनिटहरूको साथै हरेक नियमित चेकजाँचमा शंकास्पद मोटरसाइकल र मानिसलाई चेकजाँच गर्ने गरिएको छ । यसप्रकार खोजतलास, निग्रानी, अनुसन्धानको क्रममा फेला परेका सवारीसाधन र पक्राउ परेका मानिसलाई कानुन बमोजिम कारबाही हुन्छ ।” प्रहरीको चेकजाँचको कारण कतिपय डराएर एकान्त ठाउँमा मोटरसाइकल छोडेर हिड्ने गरेका छन् भने कतिपय भाग्दा भाग्दै पक्राउ पर्ने गरेका छन् ।
चोरीका मोटरसाइकलको पाटपूर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने गरेको अनुसन्धानबाट पत्ता लाग्ने गरेको छ । चोरी हुन नदिन सम्बन्धित धनी नै चनाखो हुनु बुद्धिमानी हो । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “चोरी हुनबाट बच्न ह्‍विललक, डिसलक, ब्रेकलक, फ्युललक लगाउनु राम्रो हुन्छ । सम्भव भएसम्म जिपिएस ट्रयाकर लगायतका उपकरणको जडान गरी मोटरसाइकल चोरी हुनबाट सुरक्षित रहन सकिन्छ ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);