महाशाखाले हराएका २४ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

महाशाखाले हराएका २४ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडाैं, १२ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित मोटरसाइकल धनीहरुलाई सोमाबार मोटरसाइकल हस्तान्तरण गरेको हो ।

महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी चोरी भएका मोटरसाइकल पक्राउ गर्न थालेको छ । खोजीको दायरा बढाउँदै लगेको तथा मोटरसाइकल फेला पर्ने क्रमपनि बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले बताउनुभयो । चोरहरुलाई मुद्दा दायर गरेको पनि उहाँले जानकारी दिनुभयो ।

महाशाखा प्रमुख भट्टराईले यो अभियानलाई अझ तिव्रताका साथ अघि बढाउने बताउनुभयो । हराएको मोटरसाइकल पाएपछि मोटरसाइकल धनीहरुले खुशी व्यक्त गरेका छन् । हराउन नदिनको निम्ति आगामी दिनमा सवारी धनिले नै सर्तकता अपनाउनुपर्ने उनीहरुको भनाई छ ।

महाशाखाको टोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, ईमाडोल, थापाथली, तिनकुने, पाटन, ढुंगेधारा, पुरानो बानेश्वर, सामाखुसी, ठमेल, सुकेधारा बसुन्धारा, कोटेश्वर, धुम्बाराही लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजी गरी बुझाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);