चोरी भएका मोटरसाइकल ट्राफिक प्रहरीद्धारा सम्बन्धित धनीलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

चोरी भएका मोटरसाइकल ट्राफिक प्रहरीद्धारा सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडाैं, ९ चैत । चोरी भएका मोटरसाइकल तथा स्कुटरहरु ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी माहाशाखामा सोमबार एक कार्यक्रम आयोजना गरी चोरिएका साधन हस्तान्तरण गरिएको हो ।

चोरी भएका र हराएकाती साधनहरु सुरक्षित साथ फिर्ता पाएपछि सवारी धनीहरु दंग पर्नुभएको छ । कार्यक्रममा बोल्दै माहाशाखाका प्रमुख जनक भट्टराईले पछिल्लो ६ महीनामा कुल २ सय ८६ वटा यस्ता साधनहरु फेला परेको जानकारी दिए ।

उनले सवारी साधान चोरी हुनै नदिनको लागी सवारी धनी आफैं सजक हुनुपर्ने बताए। हराएको मोटरसाइकल फिर्ता पाउने आश नभएपनि साधन फिर्ता पाउँदा खुशी लागेको सवारी धनीको भनाई छ । चोरी भएका मोटरसाईकल तथा स्कुटर भेटाएर फिर्ता दिने ट्राफिकको कदम राम्रो सहभागीहरुको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);