चोरी भएका २३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चोरी भएका २३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं । ट्राफिक प्रहरीले विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल आफ्नै कार्यालयमा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको हो ।

लकडाउनपछि खोजी गरि भेटिएका मोटरसाईकलहरु आज सम्बन्धित सवारी धनीलाई बुझाइएको एसएसपी जनक भट्टराईले जानकारी दिए । हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाईकल र ११ वटा अन्य कम्पनीका रहेका छन् ।

एसएसपी भट्टराईले आफूहरु सवारी साधन चोरी हुनै नदिने अभियानमा लागि परेको पनि बताए । सकेसम्म चोरी नै हुन नदिने, भए तत्काल खोजी सम्बन्धित सवारी धनीलाई बुझाउने आफूहरुको अभियाननै रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले १५ दिन अघि पनि ५० वटा चोरी भएका मोटरसाईकल फेला पारी धनीलाई बुझाएको थियो । एसएसपी भट्टराईले हालसम्म चोरी भएका मोटरसाईकल करि ७० प्रतिशत मात्रै भेटने गरेको पनि जानकारी दिए ।

महाशाखाले हाल काठमाडौं उपत्यका र त्यस वरपरका जिल्लामा मात्रै हराएको मोटरसाईकलको खोजी गर्दै आएको छ । अव भने त्यसको दायरा देशभर पु¥याउने योजना बनाइएको एसएसपी भट्टराईले बताए ।

चोरी भएका सबै मोटरसाईकल पत्ता लगाउन पनि यसको खोजीको दायरालाई देशभर बनाउनुपर्ने अवस्था आएको महाशाखाले स्पष्ट पारेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);