अबैद मदिरा बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

अबैद मदिरा बरामद

सप्तरी, ९ चैत । सप्तरी डाक्नेश्वरी नगरपालिका वडा न.३ तरही स्थितमा मिति २०७७।१२।०८ गते २३ः३० बजेको समयमा गौरब र कस्तुरी नामक मदिरा १६ बोरामा ४८ काटुन जम्मा १४००।– पिस बरामद गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय पातो सप्तरीबाट खटी गएको प्रहरी टोली गस्ती गर्दै जादाँ श्री जनता मा.बि.को पछाडीको गोरेटो बाटो हुदैं अवैध रुपमा सप्तरीको तरही बजार हुदै भारत तर्फ टाउँकोमा बोकी लादै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देख्नासाथ मदिरा फाली मानिसहरु भागी फरार भएको उक्त मदिरा नियमानुसार बरामद गरेको हाे ।

बरामद मदिराहरु अ.रु.५५,०००।– ( पचपन्न हजार ) बराबर मुल्याङकन गरी आवश्यक कारवाहीको लागी मिति २०७७।१२।०९ गते राजबिराज भंसार कार्यालय तिलाठी सप्तरी पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरी ले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);