बारामा लाखौं मूल्य बराबरको लागु औषध र घरेलु मदिरा नष्ट | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

बारामा लाखौं मूल्य बराबरको लागु औषध र घरेलु मदिरा नष्ट

१८,माघ ,बारा ।
बाराको ईलाका प्रहरी कार्यालय सिमराले लाखौं रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित लागु औषध र अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले लाखौं रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित लागु औषध र अबैध घरेलु मदिरालाई बरामद गरी जलाएर नष्ट गरेको हो

बारामा लाखौं मूल्य बराबरको लागु औषध र घरेलु मदिरा नष्ट

१८,माघ ,बारा ।
बाराको ईलाका प्रहरी कार्यालय सिमराले लाखौं रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित लागु औषध र अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले लाखौं रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित लागु औषध र अबैध घरेलु मदिरालाई बरामद गरी जलाएर नष्ट गरेको हो ।

सिमरा प्रहरीले बिभिन्न समय र मितिमा बरामद गरेको अबैध लागु औषध चरेस १४ किलोग्राम,गाँजा ३२ किलोग्राम,प्रतिबन्धित ईन्जेकशनहरु जलाएर तथा २५ सय लिटर अबैध घरेलु मदिरा खन्याएर नष्ट गरिएको प्रहरी निरिक्षक गोबिन्द कुमार कार्कीले बताउनुभयो ।

प्रहरीले जिल्लाको गढीमाई नगरपालिका वडा नं.६ स्थित दुधौरा खोलाको डिलमा सो परिमाणको लागु औषध तथा मदिरालाई नष्ट गरेको हो । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी ईन्चार्ज प्रहरी निरिक्षक गोबिन्द कुमार कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीय होटेल तथा सार्वजनिक सवारी साधनहरुको नियमित चेक जाँच गर्ने क्रममा २५ सय लिटर मदिरा बरामद गरेको थियो ।

Leave a Reply

ताजा समाचार