अनन्ते मेला पर्वलाई लक्षित मदिराको अनुगमन, ८ लिटर घरेलु मदिरा नष्ट | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८१, बिहीबार

अनन्ते मेला पर्वलाई लक्षित मदिराको अनुगमन, ८ लिटर घरेलु मदिरा नष्ट

madira nasta

बाजुरा, ७ असोज । बाजुरामा नजिकिदै गरेको अनन्ते मेला पर्वलाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले सदरमुकामका विभिन्न होटल तथा बजारको अनुगमन गरेको छ । नजिकिदै गरेको स्थानिय पर्व अनन्ते मेलालाई मध्येनजर गर्दै कार्यालयले अबैध रुपमा उत्पादन तथा विक्रि वितरण भर्ईरहेको घरेलु मदिराको छड्के अनुगमन गरेको हो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, प्रहरी, पत्रकार, उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधि संलग्न टोलीले बडीमालिका नगरपालिका वडा नं. ८ बाउली र वडा ९ का विभिन्न होटल तथा पसलहरुमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा बडीमालिका नगरपालिका ८ बाउलीका होटल तथा पसलबाट बरामद गरिएको ८ लिटर घरेलु मदिरा र ५२ लिटर मदिरा उत्पादन गर्ने कच्चा पदार्थ सरोकारवाला निकाय र सम्वन्धित व्यक्तीको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यस वर्ष मनाईने स्थानिय पर्व अनन्ते मेलालाई मर्यादित बनाउनका लागि घरेलु मदिरालाई व्यवस्थापन गर्न स्थानीय बजारहरुमा छड्के अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);