कास्कीको लेखनाथमा ठूलो परिणाममा अवैध घरेलु मदिरा नियन्त्रण | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

कास्की, २९ असोज । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७ को अर्घौमा डेरागरी वस्ने वर्ष ३२ की (दुवैको नाम परिवर्तन) रुपकली गुरुङ र वर्ष २३ की चन्द्रकली गुरुङ्गको कोठाबाट करिव १ करोड रुपैयाँ पर्ने घरेलु मदिरा इलाका प्रहरी कार्यालय डाडाँकोनाकले नियन्त्रणमा लिई नष्टगरेको छ।

स्याङ्जा जिल्ला साविक गल्याङकोट गाविस वडा १ स्थाई घर भई हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७ अर्घौ डेरागरी बस्ने गुरुङ्गको कोठाबाट असोज २७ गते अपरान्ह ४ बजेको समयमा प्रहरी नायब उपरीक्षक गोविन्द पुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले तयारी घरेलु मदिर करिव १०० लिटर, घरेलु मदिरा बनाउँदै गरेको अवस्थामा कच्चा पदार्थ २५ सय ४० लिटर मदिरा, ३६ वटा साना ठूला ड्रम, कच्चा पदार्थ मर्चा १० केजी, तामाको भाडाँ, सिल्भरको भँडा ९, थान माटोको भाँडा ३ थान सहित अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको हो।

अरु छिमेकीले मदिरा उत्पादन गरेको देखेर आफुले पनि बाल बच्चाको शिक्षा दिक्षाका लागि मदिरा उत्पादन गरेको अवका दिनमा मदिरा उत्पादन नगर्ने बताएकी छन्। यसैगरी कार्यालयले ईलाका भित्रका बिभिन्न स्थानमा छड्के चेकजाँच गर्ने क्रममा त्यस कार्यालयबाट खटिएको प्रहरी टोलीले बिभिन्न सवारी साधनमा लिई हिँडेको तथा पैदल झोलामा लुकाई छिपाई लिई हिँडेको अवस्थामा फेला पारेका घरेलु मदिरा समेत नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको घरेलु मदिरा इलाका प्रहरी कार्यालय डाडाँकोनाकले आइतबार पत्रकार, स्थानीय सामाजिक संघ संस्था, दलका प्रतिनिधिहरुको रोहवरमा कार्यालय परिसर भित्र खाल्टोखनी उक्त मदिरा नष्ट गरेको थियो। अवैध रुपले उत्पादन गरेका कारण अपराध जन्य घटना बढ्न सक्ने झै झगडा निम्त्याउने, र मादक पदार्थ सेवनवाट ज्यान जान सक्ने भएकाले यसलाई वेलैमा नियन्त्रणगरी सभ्य समाज निर्माणका लागि सुरक्षा निकाय सदैव लागि पर्ने बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);