विकास निर्माण कार्यमा जनप्रतिनिधिद्धारा आफ्नै डोजरको प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विकास निर्माण कार्यमा जनप्रतिनिधिद्धारा आफ्नै डोजरको प्रयोग

dozer

एलवी मगर
रोल्पा, ७ असाेज
। रोल्पामा जनप्रतिनिधिहरुले निर्माण कार्यमा आफ्नै डोजर प्रयोग गर्दै आएका छन । स्थानिय निकायवाट संचालन हुने निर्माणका काममा उनिहरुकै डोजर प्रयोगको विषय पछिल्लो समय विवादित बन्दै गएको छ ।

जनप्रतिनिधि वाहेकका अन्य डोजरवालाले पनि जनप्रतिनिधिका डोजर सँग प्रतिस्पर्धा गर्न चाहेपछि विवाद उत्पन्न भएको थियो । रोल्पामा ३ वटा गाउँपालिका प्रमुखहरु सहित एक वडाध्यक्षसँग आफ्नै डोजर रहेको छ । जिल्लामा हुने निर्माणका काममा तिनै जनप्रतिनिधिका डोजर प्रयोग हुँदै आएका छन ।

गंगादेव गाउँपालिका प्रमुख वीर बहादुर खत्री सँग निर्वाचित हुनुअघिनै डोजर थियो । उनी निर्वाचित भएपछि गाउँका विकास निर्माणका काममा उनकै डोजर प्रयोग भैरहेको छ । थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीकी पत्नीको नाममा डोजर छ । गाउँपालिकामा स्थानीय सडक खन्ने क्रममा उनकै पत्निको नाममा रहेको डोजरले लाखौंको काम पायो ।

माडी गाउँपालिका प्रमुख अध्यक्ष नन्दबहादुर पुनले आफ्ना छोरा र आफन्तमार्फत डोजर चलाईरहनु भएको छ । सारिगा–कुकुरगाडे सडक जोड्ने योजनामा उहाँकै डोजर प्रयोग भएको थियो । माडी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष खर्कबहादुर पुनको पनि डोजर छ । अध्यक्षकै डोजर भएको वडामा अरु डोजरवालाले प्रतिस्पर्धा गर्न पाएनन् । बोलपत्रमार्फत गर्नुपर्ने लाखौं रुपैयाँका विकास निर्माणका कामहरु गाउँपालिका प्रमुखहरुले आफ्ना डोजर मार्फत् एकलौटी रुपमा गरिरहेको स्थानीयको गुनासो छ ।

जनप्रतिनिधिको डोजर भएका ठाउँमा कागजी रूपमा भने डोजर छनौट गरेको देखाइन्छ । डोजर नभएका गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलेपनि घटाघटमा डोजर छनौटको काम गर्दैनन् । आफ्नै डोजर प्रयोग गरिएको वारेमा भ्रम फैलाइएको माडी गाउँपालिका प्रमुखको भनाई रहेको छ ।

जनताको सेवाका लागि निर्वाचित जनप्रतिनिधिहरुले निर्माणका कामका लागि आफ्ना उपकरण प्रयोगगरी लाभलिनु भन्दा आर्थिक रुपले पछाडी परेका जनताको जीवनस्तरलाई माथि उठाउनपर्ने काम गर्नुपर्ने बुद्धिजिवीहरु बताउँछन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);