कञ्चनपुरमा अविरल वर्षाका कारण धानबालीमा क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कञ्चनपुरमा अविरल वर्षाका कारण धानबालीमा क्षति

पुष्कर भट्ट
कञ्चनपुर, ७ असाेज
। कञ्चनपुरमा विगत २ दिन देखि परिरहेको वर्षाका कारण पाकि सकेको लागेको धानवालीमा क्षति पुगेको छ । अविरल रूपमा परेको बेमौसमी पानी तथा हावा हुरीले जिल्लामा काटेको र पाक्नै लागेको धानबालीमा क्षति पुगेको हो ।

धान काटेर खेतमा सुकाउन राखेको बेला अनपेक्षित वर्षातका कारण सुरक्षित स्थानमा राख्नसमेत नभ्याउँदा धानबालीमा क्षति पुगेको किसानले बताएका छन । डुवान पर्ने क्षेत्रमा धान पानीमाथि तैरीएको अवस्थामा रहेको छ । किसानहरु वर्षा नरोकिए काटेको धान कुहिएर जाने भएकोले चिन्तामा रहेका छन ।

कञ्चनपुरमा शनिवारबाट निरन्तर रुपमा बर्षा भैरहेको र हावाहुरी समेत लागेकाले असोज पहिलो हप्तामै पाकेको धानवालीमा क्षति पुगेको जिल्ला कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । सबै स्थानिय तहवाट धानवालीको के–कती क्षति भएको भन्ने बारे यकिन विवरण नआएपनी किसानले लगाएको अगुवा धानको ५ प्रतिसत नोक्सानी भएको जानकारी दिइएको छ ।

वर्षा जारी रहे क्षतिको मात्रा बढने कृषि ज्ञान केन्द्र कञ्चनपुरका बालि प्रसार अधिकृत गोकुल वोहराले बताए । उनका अनुसार जिल्लाको भिमदत्तनगर मा सवैभन्दा वढि क्षती पुगेको छ ।

त्यस्तै माहाकाली नगरपालिका र दक्षिणी क्षेत्रको बेल्डाडी गाउँपालिका लगायत जिल्लाको डुवान पर्ने अधिकांस क्षेत्रमा समेत धानवालीमा क्षति पुगेको छ । कञ्चनपुर जिल्लामा कुलखेतीयोग्य जमिनमध्ये करिव ५० हजार हेक्टर क्षेत्रफलमा धानखेति हुने गर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);