बुटवलका यातायात व्यवसायीले पुरानै भाडा दरमा सवारी सञ्चालन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बुटवलका यातायात व्यवसायीले पुरानै भाडा दरमा सवारी सञ्चालन गर्दै

yatayat

बुटवल, ७ असाेज । सार्वजनिक सवारीमा भाडादर वृद्धिगर्ने सरकार र यातायात व्यवसायीहरुको सहमति भएपनि बुटवलवाट संचालन हुने सवारी साधनले भने पुरानै भाडादरमा सवारी साधन संचालन गर्ने भएका छन ।

सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा यातायात व्यवसायिहरुको विरोधपछि सरकारले भाडादर सामायोजनको निर्णय गरेको थियो । बुटवलका यातायात व्यवसायीले भने इन्धनको मुल्य बृद्धि भएपनि पुरानै भाडा दरमा सवरी सञ्चालन गर्दै आइरहेका छन ।

सरकार र यातायात व्यवसायीका वीचमा भएको सहमतिको औपचारीक पत्र नआउदा आफूहरुले पुरानै भाडादरमा सवारी साधन संचालन गर्नुपर्दा समस्या परेको व्यवसायीहरुले बताएका छन ।

इन्धनमा बढेको मूल्यका तुलनामा निकै बढि मात्रामा यातायातको भाडा बढाउदै आएका यातायात व्यवसायीहरुले पत्र नआउदासम्मका लागि मात्रै भएपनि पुरानै भाडादरमा यातायात संचालन गर्दा यात्रुहरुलाई राहत पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);