भाडादरको विवरण उपलब्ध गराउन यातायात व्यवसायीको माग | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

भाडादरको विवरण उपलब्ध गराउन यातायात व्यवसायीको माग

yatayat

काठमाडौं, २१ असार । यातायात व्यवसायीहरुले विदेशबाट उद्दार गरी ल्याइएका व्यक्तिहरुलाई सवारी भाडादरमा ठगी गरिएको भन्दै भाडादरको विवरण उपलब्ध गराउन माग गरेका छन् ।

आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेट गरी व्यवसायीहरुले होल्डिङ सेन्टरबाट प्रदेश र स्थानीय तहसम्म पु¥याउँदा महँगो भाडादर लगाइएको भन्दै त्यसको संरचना उपलब्ध गराउन माग गरेका हुन् । उनीहरुले कोरोना क्राइसिस मेनेजमेन्ट सेन्टर सीसीएमसीले होल्डिङ सेन्टरबाट यातायात व्यवस्था विभाग मार्फत विभिन्न ठाउँमा पु¥याउने कार्यको व्यवस्थापन गर्ने भनेपनि विभागले आफुहरुलाई कुनै जानकारी नगराएको र यात्रुलाई महँगो भाडादरमा घर जान बाध्य पारेको बताए ।

विभागका महानिर्देशक हमालले भने सीसीएमसी,नेपाली सेना र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर सवारी साधन उपलब्ध गराउन आग्रह गर्नुभयो ।

व्यवसायीहरुले विभागले कुनै लिखित सुचना नदिएको, विदेशबाट नेपालमा कति मानिस भित्रिए र कति मानिससँग कति भाडा लिएर पठाईयो त्यसको सूचना आफुहरुले पाउनुपर्ने हक रहेको भन्दै सूचना दिन माग गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);