संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध निर्वाचित

laxman lal karna

काठमाडौं, ७ असोज । संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन भएका छन् । समितिको आईतबार बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो ।

एउटै मात्रै उम्मेदवारी परेकाले कर्ण सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य भिमसेनदास प्रधानले जानकारी दिए । यस अघि पनि जेष्ठ सदस्यको हैसियतमा समितिको सभापतिको भूमिका निर्वाह गर्दै आएका कर्णले समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बैठकमा समितिका सदस्यहरुले नवनिर्वाचित सभापति कर्ण नेतृत्वको समितिले आफ्नो कामलाई उदाहरणीय रुपमा अघि बढाउने विश्वास व्यक्त गरेका थिए । समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले समितिको कामलाई उदाहरणीय रुपमा अघि बढाउन सभापति कर्ण सक्षम हुने विश्वास व्यक्त गरे ।

समितिकी अर्का सदस्य पूर्णकुमारी सुवेदीले पनि सभापतिमा निर्विरोध निर्वाचित हुनु भएका कर्ण समक्ष र योग्य रहेको उल्लेख गर्दै समितिको आफ्नो कार्य सम्पादन परिपक्व ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित सभापति कर्ण राष्ट्रिय जनता पार्टी, नेपालका प्रतिनिधिसभाका सांसद हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);