कानुन तथा मानव अधिकार समितिको सभापतिमा पोखरेल निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कानुन तथा मानव अधिकार समितिको सभापतिमा पोखरेल निर्वाचित

काठमाडौं, ५ असोज । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा कृष्णभक्त पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले एक मात्रै उम्मेदवारी परेका पोखरेललाई समितिको सभापतिमा निर्विरोध चयन गरेको हो । नवनिर्वाचित सभापति पोखरेलले राष्ट्रहितमा कानुन निर्माण गर्ने साझा उद्देश्य प्राप्तीमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले संघीय संसदको विषयगत समितिमा सत्तापक्ष र प्रतिपक्ष नहुने भन्दै सोही अनुसार अघि बढ्ने योजना पनि अघि सारे । सरकारको कामको अनुगमन, मूल्यांकन र आवश्यक निर्देशन दिने कामलाई पनि आफूले जोड दिने नवनिर्वाचित सभापति पोखरेलको भनाई छ । नवनिर्वाचित सभापति पोखरेल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हुन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);