प्रतिनिधिसभाका विषयगत समितिका सभापतिले उम्मेदवारी दिए | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रतिनिधिसभाका विषयगत समितिका सभापतिले उम्मेदवारी दिए

सबै विषयगत समितिको सभापतिमा १/१ जनाको मात्रै उम्मेदवारी परेकाले सबै उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं, ४ असोज । प्रतिनिधिसभाका १० वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि १० जनाकै उम्मेदवारी परेको छ । बिहीबार संघीय संसद सचिवालयमा प्रतिनिधिसभाका दश वटा विषयगत समितिका सभापतिका लागि १० जनाले उम्मेदवारी दिएका हुन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव, महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पालको उम्मेदवारी परेको छ ।

सार्वजनिक लेखा समितिमा भरतकुमार शाह, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन, न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेलको उम्मेदवारी परेको छ ।

त्यसैगरी शशि श्रेष्ठको राज्य व्यवस्था तथा सुशासन समितिमा, कृष्णप्रसाद दाहाल, अर्थ समितिमा, जयपुरी घर्तीको शिक्षा तथा स्वास्थ्य समितिमा र कल्याणी कुमारी खड्काको विकास तथा प्रविधि समितिमा उम्मेदवारी परेको छ । सबै विषयगत समितिको सभापतिमा १/१ जनाको मात्रै उम्मेदवारी परेकाले सबै उम्मेदवार निर्विरोध निर्वाचित हुनेछन् ।

शुक्रबार (भोली) ती सबै समितिको ११ बजे बस्ने बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । शुक्रबार नै निर्वाचित सभापतिहरुको सपथ ग्रहण सभामुख कृष्णबहादुर महराले गराउने छन् । सपथ ग्रहणसँग नवनिर्वाचित सभापतिहरुले पदभार ग्रहण गर्ने पनि सचिव योगीले बताए ।

१० मध्ये ८ वटा विषयगत समितिको सभापतिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुको उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा सत्तारुढ दल संघीय समाजवादी फोरम, नेपालका विमलप्रसाद श्रीबास्तवको उम्मेदवारी दिएका छन् ।

शक्तिशाली मानिएको सार्वजनिक लेखा समितिको सभापतिमा भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतकुमार शाहले दिएका छन् । राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरुको चयन यस अघि नै भईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);