संसदीय समितिले आज नेतृत्व पाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

संसदीय समितिले आज नेतृत्व पाउँदै

काठमाडौं, ११ भदौ । प्रतिनिधिसभा अन्तर्गतका गठित विषयगत समितिहरुले आज पूर्णता पाउने भएका छन् । आइतबार ९ वटा विषयगत समितिमा एकल र एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन हुने व्यवस्था छ ।

कांग्रेसले तीन, एमालेले दुई, माओवादी, राप्रपा, नेकपा एस, जसपा र जनमत पार्टीबाट एक-एक समिति सभापतिमा उम्मेदवारी परेको छ । कांग्रेसका सांसद आरजु राणा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, रामहरि खतिवडाले सुशासन समितिको, सन्तोष चालिसेले अर्थ समिति,एमालेका सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समिति र किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिमा उम्मेदवारी दिएका छन्।

अर्को सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)बाट कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादवको उम्मेदवारी परेको छ । नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशीले शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति सभापतिमा उम्मेदवारी दिएका छन् । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिमा उम्मेदवारी दर्ता दिएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);