राष्ट्रिय सभाका चारवटै समितिका सभापतिहरु निर्विरोध निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रिय सभाका चारवटै समितिका सभापतिहरु निर्विरोध निर्वाचित

काठमाडौं, २३ साउन । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी रावल थापा निर्वाचित हुनुभएको हो ।

बिहीबार मनोनयन दर्ता हुँदा चारवटै समितिमा एक –एक जनाको मात्रै उम्मेदवारी परेको थियो । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा निर्वाचित हुनुभएका रामनारायण विडारीले यसअघि प्रत्यायोजित विधायन, सरकारी आश्वासन र राष्ट्रिय महत्वका दस्तावेजहरुलाई व्यवस्थापन गर्ने कार्यको सुरुवात भएको र अव कार्यान्वयनमा जाने बेला आएको बताउनुभयो । उहाँले सरकारलाई कानून निर्माणमा सचेत गराउने, संवैधानिक अंगहरुलाई सचेत गराउने कार्यलाई प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।

त्यसैगरी दिगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्टले समितिले यस अघि सुरु गरेका कार्यक्रमलाई पूर्णता दिदै सरकारलाई थप सचेत बनाउने कामलाई अगाडि बढाउने बताउनुभयो ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले वार्षिक कार्ययोजना निर्माण गरी समितिका कामकारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);