ससंदीय समितिका नवनिर्वाचित सभापतिद्धारा सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ससंदीय समितिका नवनिर्वाचित सभापतिद्धारा सपथ ग्रहण

काठमाडौं, २५ साउन । राष्ट्रियसभा अन्तर्गतका चारवटै विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले आईतबार सपथ ग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आइतबार एक कार्यक्रमकाबीच सभापतिहरुलाई सपथ ग्रहण गराउनु भएको हो । चारवटै विषयगत समितिहरुमा गत शुक्रबार निर्विरोध निर्वाचित भएका सभापतिहरुलाई राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले सपथ गराउनु भएको हो ।

सपथ ग्रहणपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले कोरोना संकट रहेकै बेला संसद पनि बन्द रहेको अवस्थामा समितिको काम कारवाही प्रभावकारी बनाउनु चुनौती रहेको बताउनुभयो । राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा रावलले विगत २ वर्षको अनुभवका आधारमा सरकारलाई जवाफदेही बनाउने हिसाबले प्रभावकारी रुपमा अगाडी बढ्ने बताउनुभयो ।

गत बिहीबार भएको मनोनयनमा दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा रावलको मनोनयन परेको थियो । सबै समितिहरुमा एक– एक जनाको मात्रै मनोनयन परेकाले उहाँहरु निर्विरोध निर्वाचित हुनु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);