कोरोना महामारी प्रभाव : एमाले ललितपुरको भर्चुअल शपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८०, शनिबार

कोरोना महामारी प्रभाव : एमाले ललितपुरको भर्चुअल शपथ ग्रहण

ललितपुर ।  ललितपुर एमाले जिल्ला कमिटीको भर्चुअल सपथ ग्रहण गरिएको छ । देशव्यापी रुपमा कोरोनाको ओमिक्रोम भाइरसको माहामारी फैलिएपछि पार्टी पोलिटब्युरो सदस्य तथा एमालेको जिल्लास्थित निर्वाचन समितिको अध्यक्ष मण्डल प्रमुख सुशीला नेपालले पदाधिकारीलाई सपथ ग्रहण गराएकी हुन् ।

शनिबार विहान आयोजित भर्चुअल सपथ ग्रहण कार्यक्रममा जिल्ला निर्वाचन समितिका प्रमुख पुरुषोत्तम ढुङ्गानाले  शुभकामना दिएका थिए । 

भर्चुअल कार्यक्रममा  निवर्तमान जिल्ला अध्यक्ष तथा केन्द्रीय कमिटी सदस्य हरिकृष्ण व्यंजनकार, केन्द्रीय सदस्य बाबुराम थापा लगायतको सहभागिता थियो । पुसमा सुरु भएको एमाले ललितपुरको आठौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पुरुषोत्तम आचार्य चयन भएका थिए । 

अधिवेशन लगत्तै कोरोना महामारीको संक्रमण बढ्दै गइरहेको अवस्था तथा जिल्ला कमिटीका अधिकांश पदाधिकारी र सदस्यहरु पनि सङ्क्रमित भएपछि भर्चुअल रुपमा शपथ ग्रहण सम्पन्न भएको एमालेले जनाएको छ । 

अधिवेशन सम्पन्न भएलगत्तै सङ्क्रमित भएका नवनिर्वाचित जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य होम आइसोलेसनमा बसेपछि ३० गते तय गरिएको शपथ ग्रहण कार्यक्रम स्थगित भएको थियो ।

पछिल्लो समय अन्य सदस्यहरुको पनि स्वास्थ्यमा समस्या देखिएपछि शनिबार भर्चुअल शपथ ग्रहण आयोजना गरिएको जिल्ला अध्यक्ष आचार्यले बताए । 

Leave a Reply