भौतिक दूरी कायम राख्न नागरिकको हेलचेक्राईं (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भौतिक दूरी कायम राख्न नागरिकको हेलचेक्राईं (भिडियाेसहित)

काठमाडौं, २६ साउन । कोरोना संक्रमणले डरलाग्दो रुपमा लिंदा पनि गाउँ सहरमा भीड भाड कम हुन सकेको छैन ।सरकारले केही समय अघि गरेको खुकुलो लकडाउनपछि अहिले मानिसहरुको जमघट बढि नै रहेको छ । तरकारी पसलदेखि ठूला सपिङ महलसम्मै जनताको भीड बढि नै रहेको छ । संक्रमण दर दिनदिनै बढ्दा र मृत्यु संख्या थपिदा पनि नागरिक आफैं सचेत हुन नसक्दा कोरोना संक्रमणको जोखिम झन बढ्दै गएको छ ।

कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहेको छ । सर्वविदितै छ , नेपाल पनि यसबाट अछुटो छैन । सरकार र स्वास्थ्य विज्ञहरुले बारम्बार कोरोनाबाट बच्ने ,बाँच्ने र बचाउने उपायको सम्बन्धमा जानकारी दिइरहेका छन् । तथापी नागरिकस्तरमा अझै पनि चेतना पुग्न सकेको छैन । चाहे शहरका सचेत नागरिक भनौ वा ग्रामिण क्षेत्रका, कसैलेपनि स्वास्थ्य सुरक्षालाई ख्याल गरेको पाईंदैन । स्वास्थ्य सुरक्षामा हेलचेक्राइ कै कारण नेपालमा दिनहुँ कोरोना संक्रमितको संख्या बढे सँगसँगै मृत्यु हुने संख्या पनि बढ्दै गएको छ ।

नागरिकले सावधानी नअपनाउँदा संक्रमणले भयाबहको रुप लिदै गइरहेको छ । अझ् काठमाडौं उपत्यका र तराईका जिल्लाहरु बढी जोखिममा परेका छन् । एकातिर सरकारले सुरक्षाको सन्देश प्रवाह गर्ने अर्को तर्फ आफूले प्रवाह गरेको सूचनालाई नै उल्लंघन गर्दै पार्टीको बैठकदेखि सार्वजनिक कार्यक्रमहरुमा समेत मन्त्री तथा राजनीतिक नेताहरुको सहभागिताले गर्दा नागरिकले पनि नियमलाई सजिलै उल्लंघन गरेको पाइन्छ ।

सरकारले पनि कडाईका साथ नियम पालना गराउन र गर्न सकेको अवस्था छैन । स्थानीय सरकारले पनि बजार, मन्दिरको भीडलाई नियन्त्रण गर्न सकेको छैन । शरुुवातमा सरकार कोरोना नियन्त्रणमा गम्भीर रुपमा प्रस्तुत भएपनि पछिल्लो समय पहुँचवालालाई जथाभावी गाडीको पास र आवतजावतमा सहज बनाउन थालेपछि नेपालमा कोरोना संक्रमणले भयावह रुप लिंदै आएको छ । शहर बजार, गाउँघर कतै पनि भौतिक दूरी कायम गर्न सकेको पाईदैन । एकातिर सरकारले जात्रा पर्व सामान्य तरीकाले मनाउन सूचना जारी गरेको छ ।

त्यस्तै, कुनै पनि भीडभाड जम्मा गरी विरोध र समर्थनका जुलुश ननिकाल्न र अनशन नबस्न पनि आग्रह गरेको छ । तर ती आग्रह र सूचनाको कुनै पालना भएको छैन । कोरोना संक्रमणको खतरा बढ्दै जानुको कारण मध्ये यो पनि एउटा मान्न सकिन्छ । एकाविहानै प्रहरीले भौतिक दूरी कायम राख्न र घर बाहिर निस्कंदा मास्क लगाएर मात्र हिडडुल गर्न माकिङ गरिरहेको हुन्छ । सोही समय मानिसहरु तरकारी किन्ने नाममा होस् वा मर्निडं वाक जाने वा मन्दिर घुम्ने नाममा कुनै भौतिक दूरी कायम नगरी निर्धक्क आवागम गरिरहेको पाइन्छ । नजिकै प्रहरी बसिरहेको अवस्थामा समेत उनीहरु मुकदर्शक बन्न वाध्य भएका छन् ।

नियामक निकायले नियमलाई कडा रुपमा कार्यान्वयनका लागि पहल नगर्दा तथा नागरिकले पनि निमय उल्लंघन गर्नमा आफ्नो दम्भ सम्ंझिदिदासम्म संक्रमणको जोखिम कायम नै रहने देखिन्छ । यसका लागि जसले जति नै प्रयत्न गरेपनि जबसम्म नागरिक आफ्नो स्वास्थ्यप्रति आफै सचेत र गम्भीर बन्न सक्दैनन् तबसम्म सरकारको प्रयास व्यर्थ साविक हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);