ग्राहकको भिडभाड देखिए पनि व्यापारीहरू अझै सन्तुष्ट हुन सकेनन् (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

ग्राहकको भिडभाड देखिए पनि व्यापारीहरू अझै सन्तुष्ट हुन सकेनन् (एक रिपोर्ट)

पछिल्ला दुई वर्षकोरोना संक्रमणको जोखिमका कारण दशैंं बजारको चहलपहल सामान्य रह्यो । तर यो वर्ष तुलनात्मक रूपमा कोरोनाको जोखिम कमभएसँगै बजारमा किनमेल गर्ने ग्राहकको भिडभाड देखिएको भएपनि व्यापारीहरूभने अझौ सन्तुष्ट छैनन् ।

कोरोनाले महामारीको रूप लिनुभन्दा अघिको समय हुन्थ्यो भने व्यापारीलाई मालसामान बेच्न भ्याइनभ्याई हुने समय हो दशैंंतिहार । तर विगतदुई वर्षयताभने कोरोनाकाकारण व्यापार नै शून्य भएका दिनहरू पनि व्यापारीहरूले बेहोरेका छन् ।

नेपालीहरूले मनाउने सबैभन्दा ठूला मुख्य चाडहरू दशैंं, तिहार र छठ नजिकिएसँगै यति बेला खाद्यन्न, लत्ता कपडा लगायतका उपभोग्य वस्तुहरूको किनमेल गर्नेहरूको ठूलो भिड बजारमा देखिन थालेको छ । तर पनिदुई वर्षदेखि बन्दजस्तै रहेका व्यापारिक केन्द्र तथा बजारहरूमा दशंैको बेला देखिएको भिडले मात्रै व्यापारीहरू भने खासै उत्साहित छैनन् ।

धेरैजसो व्यापारीहरूले बैंकबाट कर्जा लिएर व्यापार गर्ने गरेको हुनाले विगतदुई वर्षमा ठूलो आर्थिक क्षेति बेहोरेकोले पनि दशैंंको किनमेल गर्नेहरूको भिड भए पनि आफुहरुमा उत्साह नथपिएको जुनुकार्कीले बताईन् ।

दशैं नजिकिएसँगै बजारमा हरेक उपभोग्य वस्तुको भाउ पनि आकासिएको छ । उपभोक्ता लक्षित व्यापार व्यवसाय हुनुपर्ने समय हो दशैं तिहार तर पछिल्लो समय भने कोरोनाले निम्त्याएको मन्दीका कारण त्यस्तो हुन सकेको छैन् । लामो समय कोरोना कहरबाट थलिएका व्यापारीहरूलाई व्यापार घाटा पुर्तिगर्न सरकारबाट राहत प्याकेज आउनु पर्ने अर्का व्यापारी रुपेन्द्र खतिवडाले बताए ।

नेपाली बजारमा सबैभन्दा बढी किनमेल हुने तथा कारोबार हुने समय दशैं तिहार जस्ता ठूला चाड पर्वहरू हुन् । यो वर्ष गत वर्षको तुलनामा कोभिडको त्रास केही कम भएकाले पनि दशैंको रौनक अलि बढि नै देखिएको छ ।

महामारीको सन्त्रासकै बीच व्यापारिक केन्द्र र बजार पसलहरूमा किनमेल गर्नेहरू कोभिड देख्दा आर्थिक गतिविधि चलायमान भएकोमा खुशी मान्नुपर्ने अवस्था त छ । तर स्वास्थ्य सतर्कता नअपनाई किनमेलको चटारोमा होमिइँदा चाडपर्वको रमाइलो खल्लो हुनसक्नेतर्पm भने सचेत हुन जरुरी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);