दैनिक उपभोग्य वस्तुको बजारभाउ आकासिन थाल्यो (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दैनिक उपभोग्य वस्तुको बजारभाउ आकासिन थाल्यो (एक रिपोर्ट)

कोरोना संक्रमणको जोखिमका कारण दशैँ बजारको चहलपहल विगतको तुलनामा कम देखिएको छ । विस्तारै कोरोना संक्रमण हुनेको संख्यामा कमि आए पनि बजारमा विगतका जस्तो धेरै ग्राहकको भिडभाड नभएपछि व्यापारीहरु तानावमा परेका छन् । विगतका बर्षहरुमा जस्तै यसपाली पनि नेपालीहरु कोरोना कहरका बिच चाडपर्व मनाउने तयारीमा जुटिरहेका छन् ।

विगतका सालमा मालसामान बेच्न भ्याइ नभ्याई हुने व्यापारीहरु अहिले व्यापार नै शून्य नभएको भन्दै फुर्सदमा छन् । नेपालीहरुको महान् चाड दशैं, तिहार र छठपर्व नजिकिसँगै यतीबेला नेपालीहरु खाद्यन्न, तत्ताकपडालगायतका उपभोग्य वस्तुहरुको किनमेलका लागि बजारमा ठूलो भिडभाड देखिन थालेको छ ।

कोरोना महामारीका कारण लामो समयसम्म कुनै पनि खालका व्यापारीहरुले आफ्नो व्यवसायहरु सञ्चालन गर्न सकेका थिएनन्् । दशै नजिकिएसँगै यतीबेला देशभर नै ठूलो संख्यामा सामान खरिद गर्नेहरुको भिडभाड रहेको छ ।

यसैगरि काठमाडौं उपत्यकाको व्यापारीक केन्द्र न्युरोड,असन, महावौद्ध लगाएतमा कपडा,इलेक्ट्रोनिक्स सामाग्री, भान्साघरका सरसामान र बिलासिताका सामानहरु खरीद गर्नेको संख्या उलेख्नीय भएपनि व्यापारीहरु भने व्यापार नभएको गुनासो गरिरहेका छन् ।

दशैको आगमनसँगै नेपाली बजारमा हरेक दैनिक उपभोग्य वस्तुको बजारभाउ पनि आकासिन थालेको छ । उपभोक्ता लक्ष्ति व्यापार व्यवसाय हुनुपर्ने समय हो दशैतिहारको सिजन तर पछिल्लो समय त्यस्तो हुन नसकेको उपभोक्ताहरु बताउछन् ।

नेपाली बजारमा जब ठूला चाडैपर्वहरु सुरु हुन्छन् अनि सामान्य मुल्यलाई वृद्धी गराउने परिपाटी रहेको हुन्छ । तर पनि व्यापारीहरु भने आफुहरु मारमा परेको गुनासो गरेको प्रति उपभोक्ताहरुभने असहमती जनाउछन् ।

नेपाली बजारमा सबैभन्दा बढी किनमेल हुने तथा कारोबार हुने समय दशै तिहार जस्ता ठूला चार्डहरु हुन । यो वर्ष गत वर्षहरुको तुलनामा भन्दा कोभिडको त्रास केही कम भएकाले पनि दशैको रौनक देखिएको छ ।

विभिन्न व्यापारीक स्थानहरुमा ठूलो भिडभाडका साथ किनमेल गर्ने उपभोक्ताहरु देखिएका छन् । यस्तो अवस्थामा कोरोना महामारीको संक्रमण बढ्न सक्ने सम्भावना रहन्छ त्यसकारण यसतर्फ पनि ध्यान दिन आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);