हप्तामा २ दिन बजार खोल्दा मानिसहरुको भिडभाड बढी, जोखिम बढ्नेमा चिन्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

हप्तामा २ दिन बजार खोल्दा मानिसहरुको भिडभाड बढी, जोखिम बढ्नेमा चिन्ता

दाङ। दाङमा हप्ताको दुई दिन मात्र अत्यावश्यक सामाग्री विक्री गर्न पाईने भएपछि जिल्लामा झन् भिडभाड बढेको देखिएको छ ।

हप्ताको आइतबार र बुधबार बिहान ७ बजेदेखि ८ बजेसम्म मात्र खाद्यान्न पसलहरु सञ्चालन गर्न पाइने भएपछि सो समयमा सर्वसाधारणको भिड बढेको हो ।

जिल्लामा कोरोना संक्रमण र मृत्युदर बढ्दै गएपछि गत बैशाख १७ गतेदेखि २५ गते सम्म लकडाउन सुरु गरिएको थियो । त्यसपछि फेरि कोरोनाको अवस्था अझ बढ्दै गएपछि २५ गतेदेखि जेठ १ गते सम्म लकडाउन थप गरियो ।

त्यस समयमा जिल्लाका बजारमा अति आवश्यक दैनिक उपभोग्य सामानहरु खरिद तथा विक्री गर्नको लागि दैनिक बिहान ७ बजेदेखि ८ बजे सम्म पसलहरु खोल्न दिने निर्णय भएको थियो ।

फेरि जिल्लामा जेठ १ गतेदेखि १५ गतेसम्म लकडाउन गर्ने निर्णय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति डिसीसीएमसीको बैठकले निर्णय गरेको थियो ।

उक्त बैठकले दैनिक बिहान मानिसहरु सामान किन्ने बहानामा बजारमा आउने र भिडभाड धेरै हुदाँ कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै हप्ताको २ दिन आइतबार र बुधबार बिहान ७ देखि ८ बजेसम्म मात्र अतिआश्ययक बस्तुहरुको लागि पसल संचालन गर्न दिन निर्णय गरेको थियो । जसले गर्दा बजारमा हप्तामा २ दिन मानिसहरुको अत्याधिक भिडभाड हुन थालेको छ ।

बिहीबार जिल्लामा लकडाउन भएको २० औँ दिन भइसकेको छ । तर बजारमा किनमेल गर्ने बाहानामा मानिसहरुको भिडभाडले कोरोनाको जोखिम उच्च रहेको स्थानीयहरुको भनाइ छ । खाद्यान्न र किरानाका पसलहरुमा किनमेल गर्न आउनेहरुले भौतिक दुरी समेत पालना गरेको देखिदैन ।

बजारमा फुटपाथमा हुने व्यापारले झन् मानिसहरुको धेरै भिडभाड हुने गरेको तुलसीपुर ६ का नविन वलीले बताए । आम मानिसहरु स्वास्थ्य मापदण्ड नै पालना नगरेको उनले बताए । उनले भने,‘ प्रशासनले हप्तामा २ दिन मात्र एक घण्टा खोल्ने निर्णय गरेको छ । त्यो पनि विहान ७ देखि ८ बजे सम्म मात्र । तर, बिहान ४ बजे नै मानिसहरुको भिडभाड धेरै हुने गर्दछ । ’

त्यस्तै अर्का तुलसीपुर ६ का प्रकाश केसीले पनि तुलसीपुरको सबैभन्दा बढी बाहिनी चोकमा भिडभाड हुने गरेको बताए । उनले सडक वरपर खुल्ला रुपमा तरकारी फलफुलहरु विक्री वितरण गर्ने गर्दा मानिसहरुको बढी भिडभाड हुने गरेको बताए ।

त्यस्तै जिल्लामा अहिले बार अनुसार दैनिक २ घण्टा बैंकहरु पनि संचालन हुदाँ भिडभाड हुने गरेको छ । बार अनुसार बैंकहरुले बिहान ११ बजेदेखि १ बजे सम्म सेवा दिन थालेपछि बैंकहरुमा समेत मानिसहरुको भिडभाड हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);