कपिलवस्तुमा माओवादी केन्द्रका नेता माथि गोली प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

कपिलवस्तुमा माओवादी केन्द्रका नेता माथि गोली प्रहार

shoot

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला नेता दीपक पाण्डे र ईयाज अख्तार मुसलमान माथि गोली प्रहार भएको छ । बुधबार राति पाण्डे र ईयाज माथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ ।

तौलिहवा जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको कपिलवस्तु प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । गोली किन र कसले हान्यो अझै खुल्न सकेको छैन । उनको शरीरका दुई स्थानमा गोली लागेको छ भने ईहाज मुसलमानलाई बायाँ कुममा गोली लागेको प्रहरीले जनाएको छ ।

गोली प्रहार लगत्तै उनीहरुलाई कपिलवस्तुमा उपचार हुन नसके पछि भैरहवा मेडिकल कलेज लगिएको कपिलवस्तु प्रहरीले जनाएको छ । यता माओवादी केन्द्रका जिल्ला सचिव रामचन्द्र शाहले घट्ना आफूहरुले थाहा पाएको र यसको बारेमा थप अुनसन्धान भईरहेको बताए ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);