रुपन्देहीमा १० जनाको मृत्यु, ३ सय ९ जना नयाँ सक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

रुपन्देहीमा १० जनाको मृत्यु, ३ सय ९ जना नयाँ सक्रमित

शशि पन्थी,
भैरहवा
। कोरोना सक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको छुटेको समेत गरि जम्मा १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ९ जना नयाँ कोरोना सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा ५२ जना महिला, ५४ जना पुरुष सक्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा १३ जना महिला र १४ जना पुरुष नयाँ सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।

त्यसैगरि तिलोत्तमा नगरपालिकामा ४४ जना महिला, ३९ जना पुरुष, सियारी गाउँपालिकामा २ महिला, ३ पुरुष थपिएका छन् भने देवदह नगरपालिकामा १३ महिला ९ पुरुष, गैँडहवा गाउँपालिकामा १ जना महिला, २ जना पुरुष मायादेवी गाउँपालिकामा १ जना महिला २ जना पुरुष सक्रमित भएका छन् ।

सैनामैना नगरपालिकामा १० महिला १५ जना पुरुष सक्रमित थपिएका छन् । ओमसतिया गाउँपालिकामा ६ महिला र ८ पुरुष सक्रमित थपिएका छन् भने, कञ्चन गाउँपालिकामा २ महिला २ जना पुरुष सक्रमित भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ जना महिला र १ जना पुरुष, रोहिणी गाउँपालिकामा २ जना महिला ३ जना पुरुष, सुद्धोधन गाउँपालिकामा ४ जना महिला र ५ पुरुष, कोटहीमाई गाउँपालिकामा १ जना महिला सक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

हाल सम्म रुपन्देही जिल्लामा १७ हजार ७ सय ५२ जना निको भई घर फर्केका छन् भने कुल मृत्यु हुनेको संख्या ३ सय ७७ पुगेको छ भने सक्रीय सक्रमितको संख्या ५ हजार ८ सय ८८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);