रुपन्देहीमा २४ घण्टामा ७ सय ९७ नयाँ कोरोना सक्रमित थपिए | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रुपन्देहीमा २४ घण्टामा ७ सय ९७ नयाँ कोरोना सक्रमित थपिए

भैरहवा । रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ७ सय ९७ जना नयाँ कोरोना सक्रमित थपिएका छन् । रुपन्देही जिल्लामा २४ घण्टामा ७ सय ९७ जना नयाँ कोरोना सक्रमित थपिँदा ४ जनाको मृत्यू भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप महानगरपालिकामा १ सय ४६ जना महिला, १ सय ८६ जना पुरुष सक्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा ४५ जना महिला र ६३ जना पुरुष नयाँ सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।

त्यसैगरि तिलोत्तमा नगरपालिकामा ७४ जना महिला, ८४ जना पुरुष, सियारी गाउँपालिकामा ४ महिला, ४ पुरुष थपिएका छन् भने देवदह नगरपालिकामा २० महिला २२ पुरुष, गैँडहवा गाउँपालिकामा ३ पुरुष, मायादेवी गाउँपालिकामा ४ महिला १ पुरुष सक्रमित भएका छन् ।

मर्चवारी गाउँपालिकामा १ जना पुरुष कोरोना सक्रमित भएका छन् भने सैनामैना नगरपालिकामा १८ महिला १७ जना पुरुष सक्रमित थपिएका छन् । ओमसतिया गाउँपालिकामा ९ महिला, १३ पुरुष सक्रमित थपिएका छन् भने, कञ्चन गाउँपालिकामा ४ महिला २ पुरुष सक्रमित भएका छन् । रोहिणी गाउँपालिकामा ९ महिला १० जना पुरुष, लुम्बिनी साँस्कृतिक नगरपालिकामा १ महिला, सुद्धोधन गाउँपालिकामा २८ महिला, २९ पुरुष नयाँ सक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

हाल सम्म रुपन्देही जिल्लामा १४ हजार ७ सय ६६ जना कोरोना सक्रमित भएका छन् । जसमध्ये ९ हजार ८ सय ७० जना निको भएका छन् भने कुल मृत्यु हुनेको संख्या २ सय २ सय २० जना र सक्रिय सक्रमितको संख्या ४ हजार ६ सय ७६ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);