रुपन्देहीमा ५ सय ४ जना नयाँ सक्रमित, ११ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रुपन्देहीमा ५ सय ४ जना नयाँ सक्रमित, ११ को मृत्यु

शशि पन्थी,
भैरहवा
। रुपन्देही जिल्लामा कोरोना सक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ४ जना नयाँ कोरोना सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा १ सय ७ जना महिला, १ सय ५३ जना पुरुष सक्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा १६ जना महिला र १५ जना पुरुष नयाँ सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।

त्यसैगरि तिलोत्तमा नगरपालिकामा ३६ जना महिला, ४३ जना पुरुष, सियारी गाउँपालिकामा ४ महिला, ५ पुरुष थपिएका छन् भने देवदह नगरपालिकामा १४ महिला ११ पुरुष, मर्चवारी गाउँपालिकामा १ जना महिला, गैँडहवा गाउँपालिकामा १ महिला, २ पुरुष सक्रमित भएका छन् ।

सैनामैना नगरपालिकामा ९ महिला १५ जना पुरुष सक्रमित थपिएका छन् । ओमसतिया गाउँपालिकामा २२ महिला, २८ पुरुष सक्रमित थपिएका छन् भने, कञ्चन गाउँपालिकामा ५ महिला, ५ पुरुष सक्रमित भएका छन् । रोहिणी गाउँपालिकामा १ महिला र २ जना पुरुष, लुम्बिनी साँस्कृतिक नगरपालिकामा १ जना पुरुष, सुद्धोधन गाउँपालिकामा ३ महिला ५ पुरुष नयाँ सक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

हाल सम्म रुपन्देही जिल्लामा १८ हजार ५ सय ७४ जना कोरोना सक्रमित भएका छन् । जसमध्ये ११ हजार ८ सय ५५ जना निको भएका छन् भने कुल मृत्यु हुनेको संख्या २ सय ७९ जना र सक्रिय सक्रमितको संख्या ६ हजार ४ सय ४० जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);