सीसीएमसीको निर्देशन बमोजिम अक्सिजन वितरण गर्न सरकारको आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सीसीएमसीको निर्देशन बमोजिम अक्सिजन वितरण गर्न सरकारको आदेश

काठमाडौं । स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले देशभरका अस्पतालहरुमा कोभिड–१९ संकट सञ्चालन व्यवस्थापन केन्द्र सीसीएमसीको निर्देशन अनुसार मात्र अक्सिजन बिक्री र वितरण गर्न निर्देशन दिएको छ ।

सोमबार केन्द्रका प्रमुख डा. समिर कुमार अधिकारीले सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयको तथ्यांकमा आधारित रही देशभरका अस्पतालहरुमा अक्सिजनको वितरण व्यवस्थापन सीसीएमसीको निर्देशन अनुसार गर्न गराउन निर्देशन दिएका हुन् ।

सूचनामा भनिएको छ ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा आधारित रही देशभरका अस्पतालहरुमा अक्सिजनको आवश्यकतामा आधारित वितरण व्यवस्थापन सीसीएमसीबाट गर्ने व्यवस्था मिलाउने भनी २०७८/१/२६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैमा सो अनुसार गर्नु-गराउनु हुन जानकारी गराईन्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);