राजनीतिक अन्योलको निकास निर्वाचन हो : प्रेम सुवाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राजनीतिक अन्योलको निकास निर्वाचन हो : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले राजनीतिक अन्योलको निकास ताजा जनादेश भएको बताएका छन् । प्रतिनिधि सभा सदस्य सुवालले आजको प्रतिनिधि सभा बैठकमा बोल्दै राजनीतिक अन्योल हटाउन जनताको बीचमा जानुको विकल्प नभएको बताएका हुन् ।

‘जनताको ताजा जनादेश लिनु अथवा ताजा निर्वाचनमा जानु नै प्रजातान्त्रिक बाटो हो’, सुवालले भने ।

वैकल्पिक सरकारको प्रस्ताव गर्ने कांग्रेस र माओवादीसँग समेत कुनै कार्ययोजना नभएको उनको भनाई छ । उनले राष्ट्र, राष्ट्रियताको रक्षा, नागरिकको रक्षा, सुशासन र विकासमा वैकल्पिक सरकार गठनको प्रस्ताव ल्याउने दलको कुनै योजना नरहेको बताए ।

सत्ताको लागि विचार नमिन्ने बीचको एकता र गठबन्धनले काम गर्न नसक्ने कुरा विगतको अभ्यासबाट प्रमाणित भइसकेको सुवालको भनाइ छ ।

संवैधानिक परिषद् सत्ता र प्रतिपक्षको भागवण्डाको थलो नभएको पनि उनले बताए ।

खुल्ला सिमा बन्द नगरेसम्म नेपालमा नागरिकता समस्या समाधान नहुने विज्ञको मत रहेको प्रति उनले सभाको ध्यानाकर्षण गराए । कोभिड नियन्त्रण गर्न भारतीय नाकामा जाँच गर्ने व्यवस्था मिलाउन र उचित औषधि उपचारको व्यवस्था गर्न पनि सुवालले आग्रह गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);