प्रतिनिधिसभाको बैठक : रेशम चौधरी रिहाईदेखि सांसद खरिद बिक्रीसम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रतिनिधिसभाको बैठक : रेशम चौधरी रिहाईदेखि सांसद खरिद बिक्रीसम्म

काठमाडौं, ६ चैत । जनता समाजवादी पार्टी जसपा नेपालका सांसद राजकिशोर यादवले रेशम चौधरीको रिहाइलाई सरकारको लेनदेनको विषय बनाउन नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले संविधान संशोधन र रेशम चौधरी रिहाइको कुरा गर्दा सरकारमा आउने प्रस्ताव गरिएको बताउँदै रेशम चौधरीको विषयलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताएका हुन् ।

चौधरीलाई लेनदेनको विषय बनाइए राजनीतिक बेइमानी हुने उनको भनाई छ । थारुहट आन्दोलनका सबै आन्दोलनकारीलाई राजबन्दीसरहको व्यवहार हुनुपर्ने र राजनीतिक समस्याको रुपमा लिएर समस्या समाधान गरिनुपर्ने उनले बताए ।

सांसद यादवले जसपा फुटको हल्ला मिडियामा आएको भन्दै कुनै लोभ लालचमा नफस्ने र पार्टीलाई नफुटाउने जिकिर गरेका छन् । जसपाले सही समयमा सही निर्णय लिने उनको भनाई छ ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले पति सभामा बोल्दै नेकपाभित्रको विग्रह र फुटको कारण संसदमा अस्थिरता आएको भन्दै अस्थिरतालाई नियन्त्रण गर्न नसके प्रतिगामी शक्तिको चलखेल हुने बताए । यसबाट लोकतन्त्र,गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता, जनजिवनमा क्षति हुने भएकाले सबैको ध्यान जानुपर्ने उनको भनाई छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकिकरणले मात्रै वर्तमान अस्थिरतालाई चिर्न सक्नेमा उनले जोड दिए ।

नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद पुर्नस्थापनापछि सांसदहरुको खरिद हुने चिन्ता जनतामा रहेको बताए । प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिंदा देश अस्थिरतामा जाने भएकाले नेमकिपा संसद विघटन र चुनावको पक्षमा उभिएको उनले स्पष्ट पारे ।

मन्तव्यको क्रममा उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मको नेपाली भूमिमा नेपालले कहिल्यै दावी नउठाउने र एमसीसी सम्झौता पारित गर्ने शर्तमा भारतको संलग्नतामा प्रतिनिधि सभा पुर्नस्थापना गरिएको अनुमान गरिएको सुुनेको पनि दाबी गरे । भारतसँगको खुल्ला सिमाना बन्द गर्नुपर्ने सांसद सुवालको भनाई छ ।

प्रतिनिधि सभाको अर्को बैठक चैत्र १० गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);