सरकार प्रतिगमनकारी भएको आरोप लगाउदै सहकार्य गर्न नसकिदैन : जसपा अध्यक्ष यादव | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

सरकार प्रतिगमनकारी भएको आरोप लगाउदै सहकार्य गर्न नसकिदैन : जसपा अध्यक्ष यादव

काठमाडाैं, १३ चैत । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकार प्रतिगमनकारी भएको आरोप लगाउदै सरकारसँग सहकार्य गर्न नसकिने स्पष्ट गरे ।

शुक्रबार बुटवलमा प्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यादवले ओली सरकार प्रतिगमनकारी भएको पार्टीको आधिकारिक धारणा रहेको र प्रतिगमन विरोधी दलहरूको सहकार्यमा सरकार बनाउनुको विकल्प नभएको बताए ।

अध्यक्ष यादवले रेशम चौधरीको रिहाई भए पनि पार्टीले ओलीलाई समर्थन नगर्ने स्पष्ट गरे । उनले संसदलाई विजनेश नदिएर असफल बनाउन प्रधानमन्त्री ओली क्रियाशिल भएको आरोप लगाए । अध्यक्ष यादवले सरकारको विकल्प दिन ढिलो भइसकेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);