एमालेको संसदीय दलको बैठक सुरु, नेपाल–खनाल पक्षका सांसदसमेत उपस्थित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमालेको संसदीय दलको बैठक सुरु, नेपाल–खनाल पक्षका सांसदसमेत उपस्थित

फाईल फोटो

काठमाडौं, १३ चैत । नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आव्हान गरेको आजको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्षका सांसदहरुसमेत उपस्थित भएको छन् ।

यद्यपी माधवकुमार नेपाल र उपाध्यक्ष खनाल–नेपाल समूहका सांसदहरु पनि सहभागी भएका छन् । तर, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल भने बैठकमा उपस्थित छैन ।

यस अघि आज नै बसेको नेपाल खनाल पक्षको कलंकीमा एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने निर्णय गरेको हो ।

यसअघि शनिबार बालुवाटारमा नै बसेको दलको बैठकलाई नेपाल–खनाल पक्षले बहिष्कार गरेको थियो । यो पक्षले पार्टी अध्यक्ष ओलीले फागुन २८ मा गरेका निर्णयहरु फिर्ता गर्नु पर्ने अडान लिँदै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);