लोकतान्त्रिक शक्ति धेरै समय चुप लागेर बस्न हुँदैन : खाँण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

लोकतान्त्रिक शक्ति धेरै समय चुप लागेर बस्न हुँदैन : खाँण

रुपन्देही, १३ चैत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रमुख सचेतक बालकृष्ण खाँणले देशको राजनीति अनिर्णयको बन्दी बनेका बेला कांग्रेस पार्टी मौन बस्न नहुने बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा खाणले लोकतान्त्रिक शक्ति धेरै समय चुप लागेर बस्न नहुने बताउनुभयो । उनले देशलाई निकास दिन कांग्रेसले ठोस निर्णय गर्नुपर्ने र जनताको भावना विपरित नजाने बताए ।

नेता खाँणले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीलाई एक मिनेट पनि सत्तामा रहने नैतिक अधिकार नभएको भन्दै संविधान माथि नै प्रहार गर्ने पक्षसँग सहकार्य हुन नसक्ने स्पष्ट गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);