क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम तथा अन्तरक्रिया सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम तथा अन्तरक्रिया सम्पन्न

सुनसरी, १३ चैत । पालिकाहरुले सञ्चालन गर्ने सेवा सुविधाहरु पारदर्शी र जनअपेक्षा अनुसार हुनु पर्ने विषय इटहरीमा तीन दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक परिर्वतन केन्द्र काठमाडौंको आयोजना तथा रामधुनी नगरपालिका र कोशी गाउँपालिकाको समन्वयमा आयोजित अन्तरक्रिया तथा तिन दिने तालिम समापन भएको हो । तालिममा सहभागीहरुले पालिकाले सञ्चालन गर्ने सेवा सुविधाहरु पारर्दसी र जनअपेक्षा अनुसार हुनु पर्ने वताएका हुन ।

रामधुनी नगरपालिका र कोशी गाउँपालिकाले सञ्चालन गर्दै आएको भौतिक विकास तथा मानवीय विकासका विषयमा स्थानीयको सहभागितामा सवाल जवाफ गरिएको थियो ।अन्तरक्रियामा उठेका प्रश्नहरुको जवाफ रामधुनी नगरपालिकाका प्रमुख जयप्रकास चौधरी र कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी सो क्रममा प्रशासनिक विषयमा कोशी गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत खगेन्द्र गिरीले जवाफ दिएका थिए ।

नेपालमा संघीय शासन प्रणाली शुद्धिकरणका लागि नागरिक संलग्नता तथा सर्तकता क्षमता अभिवृद्धि परियोजना अन्तरर्गत सुनसरीका दुई पालिका कोशी गाउँपालिका र रामधुनी नगरपालिकाका २४ जना महिला पुरुषलाई क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने तालिमको आयोजना गरिएको थियो ।

पालिकाहरुले प्रवाह गर्ने सेवा सुविधाका विषयमा केन्द्रीत तालिममा सामाजिक परिर्वतन केन्द्रका फटिक थापा , निश्चल खराल , कविता चापागाई ,दिवेश सायमी र रामधुनी नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत ओमकार न्यौपानेले सहजिकरण गरेका थिए । अन्तरक्रिया कार्यक्रमको सहजिकरण भने सुमन पुरीले गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);