उपत्यकामा अत्याधिक धुलो र धुँवा मिश्रित हावाका कारण बाक्लो तुवाँलो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

उपत्यकामा अत्याधिक धुलो र धुँवा मिश्रित हावाका कारण बाक्लो तुवाँलो

काठमाडौं, १३ चैत । काठमाडौं उपत्यकामा दिउँसो देखि अत्याधिक धुलो र धुँवा मिश्रित हावाका कारण बाक्लो तुवाँलो लागेको छ । केही दिन अघि देखि नै उपत्यकाको मौसमी अवस्था धुम्म भईरहेको भए शुक्रबार निकै बाक्लो तुँवालो लागेको छ ।

मौसमविद्का अनुसार धेरै जिल्लाहरुमा एकैचोटी लागेको डढेलो र पश्चिमी वायुसँगै बहेर आएको धुँवाले गर्दा उपत्यकाको मौसम यस्तो भएको हो ।

प्रदुषित वायुका कारण उपत्यकामा मानिसहरुलाई आखाँ पोल्ने, घाँटी खसखसाउने, छाला चिलाउने, श्वासप्रश्वासमा असहज हुने लगायतका समस्याहरु देखिन थालेको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार शुक्रबार मात्रै ५४ वटा जिल्लाका ४ सय ३७ स्थानमा डढेलो लागिरहेको छ भने बिहीबार यो संख्या ४ सय ८९ थियो । यी डढेलोहरुका कारण उपत्यका लगायत देशभरको वायु प्रदुषण बढेको छ ।

यसका साथै वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छ । केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीमा वायुको गुणस्तर सूचकांक ५५१, भक्तपुरमा २३१ र सिमरामा २४८ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक्युआई ३५ भन्दा कम भएमा स्वस्थ मानिन्छ ।

वायुप्रदुुषणका कारण भिजिबिलिटी समेत प्रभाव पारेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडानहरु पनि प्रभावित भएका छन् । आज दिउँसो २ बजे देखि सबै उडान तथा अवतरणहरु बन्द गरिएको विमानस्थलले जनाएको छ ।

यसका साथै यसतो प्रतिकुल मौसममा सर्वसाधारणहरुलाई सकेसम्म घर भित्रै रहन विज्ञहरुले सुझाव दिएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);