प्रदुषित वायुका कारण विमानस्थल आज पनि ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदुषित वायुका कारण विमानस्थल आज पनि ठप्प

tribhuwanintlairport

काठमाडौं, १४ चैत। उच्च वायु प्रदुषणका कारण भिजिविलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा सम्पुर्ण उडान एवं अवतरण प्रभावित भएका छन् ।

शुक्रबारबाट बढेको वायु प्रदुषणका कारण विमान उडान तथा अवतरणका लागि हुनु पर्ने भिजिविलिटी नहुँदा सम्पुर्ण आन्तरिक तथा बाह्य उडान एवं अवतरण ठप्प भएको हो ।

विमान उडान एवं अवतरणका लागि कम्तीमा एक हजार ६ सय मिटर भिजिविलिटी हुनुपर्नेमा हाल एक हजार मिटर मात्रै भएकाले विहानै देखि उडान एवं अवतरण ठप्प रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

भिजिविलिटी नभएका कारण मलेसिया, दुबईबाट आएका विभिन्न एयरलाइन्सका विमानहरु कति फर्केका छन् भने कति होल्ड तथा डाइभर्ट गरिएको पनि विमानस्थलले जनाएको छ ।

भिजिविलिटी कहिले खुल्छ र कहिले देखि उडान अवतरण गर्न सकिन्छ भन्ने अहिले नै भन्न नसकिने विमानस्थलको तर्क छ ।

पछिल्ला केही दिन यता धुम्म परेको काठमाडौं उपत्यकाको मौसममा शुक्रबार दिउँसोबाट अत्याधिक धुलो र धुँवा मिसिएको हावाका कारण बाक्लो तुवाँलो लागेको थियो । शुक्रबार पनि प्रदुषित वायुका कारण धेरै उडान तथा अवतरण प्रभावित बनेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);