साईवर सुरक्षा सम्बन्धि समुदायमा प्रहरी साझेदारि कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

साईवर सुरक्षा सम्बन्धि समुदायमा प्रहरी साझेदारि कार्यक्रम

डडेल्धुरा, १४ चैत । समुदायमा प्रहरी साझेदारि कार्यक्रम अन्तर्रगत सचेतना कक्षामा बिद्यार्थीहरुलाई सामाजिक संजालको प्रयोग, साईवर सुरक्षा सम्बन्धि जानकारि गराउने गरिएको छ ।

जिल्लामा यो वर्ष ५ वटा साईबर अपराध सम्बन्धी घटना दर्ता भएका छन् भने कतिपय घटना लुकाउने गरेको प्रहरीले जनाएको छ ।

साईबर अपराधिको निशानामा पर्ने कक्षा ८ देखि १२ सम्मका बिद्यार्थीहरुलाई सामाजिक संजालको प्रयोग, साईवर सुरक्षा सम्बन्धि अन्तरक्रिया तथा जनचेतना मुलक प्रशिक्षण कार्यक्रम संचालन गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ ।

विद्यालयका शिक्षक, शिक्षिकाको साथमा कक्षा ८ देखि १२ कक्षामा अध्ययनरत छात्र÷छात्राहरुहरुलाई प्रशिक्षण दिईएको छ । समुदायमा प्रहरी साझेदारी कार्यक्रमको अवधारणा एवं सामाजिक विकृती विसंगती विरुद्ध जनचेतना मुलक प्रशिक्षण पाएपछि महत्वपुर्ण सिकाई भएको बिद्यार्र्थीहरुको भनाई छ ।

सामाजिक संजालको प्रयोगबारे बिद्यार्र्थीहरुलाइ जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सिकाउन थालेपछि अभिभावक पनि खुसी भएका छन् ।

गत आर्थिक बर्ष डडेल्धुरामा साईवर अपराध सम्बन्धी पाचवटा निवेदन परेका थिए । साईवर अपराध सम्बन्धी जनचेतनामुलक प्रशिक्षण कार्यक्रमले समुदायमा हुने अपराधिक क्रियाकलापमा कमि ल्याउने अपेक्षा गरिएको छ ।

सामाजिक रुपमै यस्ता सचेतना अभियान संचालन गर्नु अहिलेको आवश्यकता हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);