पछिल्लो समय अपराधका मुद्दा दर्ता हुने क्रम बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पछिल्लो समय अपराधका मुद्दा दर्ता हुने क्रम बढ्दै

police

अप्सरा लामिछान
काठमाडौं, १६ भदौ । पछिल्लो समय अपराधका मुद्दा दर्ता हुने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंको तथ्यांक अनुसार सबैभन्दा धेरै लागुऔषध र बलात्कार सम्बन्धि मुद्दा दर्ता भएका छन् । सरकारले अपराधका घटना न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी भएको छैन ।

प्रहरी प्रधान कार्यालय काठमाडौंको तथ्यांक अनुसार अपराध सम्बन्धि मुद्दा दर्ता हुने क्रम बढेको हो । कार्यालयमा आर्थिक वर्ष २०७४/०७५ मा ३९ हजार ३ सय १५ अपराध सम्बन्धि मुद्दा दर्ता भएका छन् । अघिल्लो अर्थिक वर्ष २०७३/०७४ मा ३१ हजार ४ सय ६२ वटा मुद्दा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७४/०७५ मा सबै भन्दा धेरै लागुऔषध घटनाका मुद्दा दर्ता भएका छन् । कार्यालयका अनुसार लागुऔषध सम्बन्धि ३ हजार ८८ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा २४ सय ६७ मात्र मुद्दा दर्ता भएका थिए।

त्यस्तै बलात्कार समबन्धि पनि मुद्धा दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष २०७३/०७४ मा ११ सय ३७ वटा मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष २०७४/०७५ मा १ हजार ४ सय ८० वटा मुद्दा दर्ता भएका छन् ।

त्यस्तै कर्तव्य ज्यान, ज्यान मार्नै उद्योग, डाका चोरी, व्यक्ति अपहरण र मानव बेचविखन जस्ता जघन्य प्रकृतिका अपराधका घटना पनि बढेका छन् । समाजमा देखिएको खुलापन र पछिल्लो समय सामाजिक संजालको प्रयोगले अपराधका घटना बढ्दै गएको देखिन्छ ।

अपराधका घटना बढ्दै गएकाले शान्ति सुरक्षामाथी प्रश्न उठेको छ । अर्कोतर्फ अपराधका घटना न्यूनीकरण गर्न सरकारले चेतानामूलक कार्यक्रम संचालन गरेपनि प्रभावकारी देखिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);