राष्ट्रिय परिचयपत्रमा प्रयोग गरिएको चिप्स ह्याक हुन सक्ने खतरा ! | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राष्ट्रिय परिचयपत्रमा प्रयोग गरिएको चिप्स ह्याक हुन सक्ने खतरा !

national id card

राष्ट्रिय परिचय पत्रको सुरक्षाका विषयमा प्रश्न खडा

काठमाडौं, २५ मंसिर । अहिले सर्वत्र चर्चा छ राष्ट्रिय परिचय पत्रको । सरकारले राष्ट्रिय परिचय पत्र निर्माणका लागि अभियान नै संचालन गरिसकेको छ । आठ बर्ष अगाडि देखि तयारी गरेको राष्ट्रिय परिचयपत्र वितरण अहिले सुरु हुँदै गर्दा यसको फाइदा, चुनौती र सुरक्षाका विषयमा प्रश्नहरु खडा भएका छन् ।

गृह मन्त्रालयले राष्ट्रिय परिचय पत्रमा प्रयोग हुने व्यक्तिगत विवरण अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित ढंगले राखिने बताए पनि राष्ट्रिय परिचयपत्रमा प्रयोग गरिएको डाटा स्टोरेज गर्ने चिप्समा व्यक्तिका बैयक्तिक कुराहरु समेट्दा यसले नागरिकहरुको गोपनियतामा खतरा पर्न सक्ने भन्दै साईवर सुरक्षा एवं आईटी क्षेत्रका बिभिन्न विज्ञहरुले परिचयपत्रमा प्रयोग गरिएको चिप्स ह्याक हुन सक्ने बताएका छन् ।

अपराधिक वा अनैतिक क्रियाकलापमा लाग्ने गिरोहहरुले राष्ट्रिय परिचयपत्रमा प्रयोग गरिएको चिप्सलाई ह्याक गरि सूचनाहरु चुहाउन सक्ने भएकोले सरकारले सुरक्षा सम्यन्त्रलाई एकदमै बलियो पार्नु पर्ने विज्ञहरुले बताएका छन् ।

साईबर सुरक्षामा डाटाहरु ह्याक हुने वा बाहिरिन सक्ने सम्भावना जहिले पनि हुने भएकोले सुरक्षा चुनौतिमा अत्यन्त चनाखो हुनु पर्ने विज्ञहरुको धारणा छ ।

राष्ट्रिय परिचयपत्रलाई व्यक्तिको राष्ट्रिय पहिचानपत्रको रुपमा, मतदाता परिचयपत्रको रुपमा, जग्गा जमिन र अन्य सम्पतिको अभिलेखको रुपमा, बैंकिङ कारोबारको अभिलेखको रुपमा, सामाजिक सुरक्षाको कार्डको रुपमा समेत प्रयोग हुने राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागका निर्देशक शिवराज जोशिको भनाई छ ।

उता साईबर सुरक्षा जोमिख क्षेत्रका बिशेषज्ञहरुले प्रबिधिहरुको प्रयोग गर्दै गर्दा सुचनाहरु बाहिरीने संम्भावना उच्च हुने भएकोले नचाहेको व्यक्ति या संस्थाले सुचनाहरुको अनाधिकृत प्रयोग गर्न सक्ने सम्भाबना रहन सक्ने बताएका छन् ।

कार्डमा प्रयोग गरिने चिप्स अन्तर्राष्टिय स्तरको हुने भएता पनि चिप्स बिभिन्न ठाउँमा प्रयोग गरिने भएकोले बिभिन्न ठाउँको प्रबिधिहरु कतिको सुरक्षित छन् त्यसले पनि सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने जानकारहरु बताउँछन् ।

प्रविधिसंगै सुरक्षा चुनौतिहरु पनि बढ्दै जाने भन्दै बिभिन्न आईटि क्षेत्रका जानकारहरुले परिचयपत्रमा समाबेश गरिएको सुचना संकलनको लागि भनेर राखिएको चिप्सको जानकारी अपराधिक एंव अनैतिक क्रियाकलापमा संलग्न ह्याकरसहरुले ह्याक गर्न सक्ने चेतावनी दिएका छन्।

त्यसैले अव राष्ट्रिय परिचयपत्रमा समाबेश गरिएका नागरिकहरुका गोप्य कुरा कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे सरोकारवाला निकाय अत्यन्त गम्भिर हुनुु पर्ने आइटी क्षेत्रका जानकारको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);