राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गरिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गरिंदै

national identy card

सिन्धुपाल्चोक, २० साउन । राष्ट्रिय परिचयपत्रको लागि सिन्धुपाल्चोक जिल्लाबाट विवरण संकलन हुने भएको छ । भोली (बुधबार) बाट जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकबाट विवरण संकलन गरिने भएको हो ।

अघिल्लो आर्थिक वर्षको चैत महिनाबाट नै विवरण संकलन गर्न शुरु गर्नुपर्ने भएपनि कोरोना महामारीका कारण आवश्यक उपकरण आइनपुगेकोले सुरु गर्न नसकिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो । अहिले भने सम्पुर्ण आवश्यक उपकरण सहित जनशक्ति समेत उपलब्ध भइसकेकोले विवरण संकलनको काम सुरु गर्न लागिएके उनले बताउनुभयो ।

नेपाल सरकारले पहिलो चरणमा पाँचधर जिल्ला र सिंहदरबारमा पाइलट प्रोजेक्टको रुपमा राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो । दोस्रो चरणमा विभिन्न १२ जिल्लामा यो परिचयपत्र प्रदान परिएकोमा यो आर्थिक वर्षबाट भने सिन्धुपाल्चोक जिल्लाबाट समेत वितरण सुरु हुन लागेको ।

सरकारले सबै सरकारी काममा एकरुपता ल्याई फरकफरक परिचयपत्र बोक्नुपर्ने झण्झटबाट मुक्ति पाउन र सबै नागरीकको अभिलेख डिजीटलाइजेन गर्ने उद्देश्यका साथ राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो । सरकारले यो परिचयपत्रलाई नागरिकहरूको वैयिक्तक तथा जैविक विवरण समाबेस भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र मानेको छ ।

परिचयपत्रमा नागरिकको फोटोसहित नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पतिरपत्नो नाम, बाजेको नामसहितको व्यक्तिगत विवरण समावेश हुनेछ भने १० वटै औंलाको छाप र आँखाको नानीको स्क्यानीङ समेत समावेश गरिने प्रस्ताव गरिएको छ ।

परिचयपत्र प्राप्त गरेपछि यसलाई ब्यक्तिको राष्ट्रिय पहिचानपत्रको साथै मतदाता परिचयपत्रको रूपमा समेत प्रयोग गर्न सकिनेछ । त्यस्तै सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको र सामाजिक सुरक्षा कार्डका रूपमा समेत यसको उपयोग हुनेछ ।

सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा लिइएको परिचयपत्रलाई अन्य सार्वजनिक सेवासँग आवद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायहरुले झन्झट रहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्ने सम्भव हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेभभसाइटमा उल्लेख गरिएको छ । नेपाली नागरीकताको प्रमाणपत्र वाहकले मात्रै यो परिचय पत्र पाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);