लमजुङमा आठ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लमजुङमा आठ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

लमजुङ । लमजुङमा आठ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु गरिएको हो । ४ हजार ७ सय २८ पुरुष र ३ हजार ५ सय ४१ जना महिलाले राष्ट्रिय परिचयपत्र बनाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रले बताए ।

चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हालसम्म २ हजार ८ सय ८९ जनाले जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् जसमध्ये १ हजार ७ सय २९ जना पुरुष र १ हजार १ सय ६० जना महिला रहेका छन् । सूचना अधिकारी मिश्रका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ३ सय ८० जनाले राष्ट्रिय परिचयपत्र बनाएका थिए । जसमध्ये २ हजार ३ सय ८१ महिला र २ हजार ९ सय ९९ पुरुष रहेका छन् ।

चार/चार महिनामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिएता पनि हालसम्म सबै नागरिकले परिचयपत्र प्राप्त गर्न नसकेको मिश्रको भनाई छ । लमजुङमा डेढ वर्ष अघि गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारीले राष्ट्रिय परिचयपत्र बनाउँदै अभियानको सुरुवात गरिएको हो । सोही समयदेखि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएका नागरिकहरूले अहिलेसम्म पनि राष्ट्रिय परिचयपत्र पाएका छैनन् ।

१६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन पाउनेछन् । परिचयपत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ । नेपाल सरकारले राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकता अनिवार्य चाहिने र राहदानी निकाल्नको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);