लमजुङमा म्यादी प्रहरीमा ३ हजार ६ सय ३४ जनाले दिए आवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लमजुङमा म्यादी प्रहरीमा ३ हजार ६ सय ३४ जनाले दिए आवेदन

लमजुङ । आगामी ३० वैशाखमा  हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएका  छन् । 

आइतबारदेखि शुक्रबारसम्म  जिल्ला प्रहरी कार्यालय लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले  जानाकारी दिए । 

जसमा ३ सय ९६  जना महिला र  २ हजार २ सय ३८ जना पुरुष छन । आवेदन दिनेमा अधिकांश २० देखि २५ वर्षका युवाहरू छन्। लमजुङमा ९ सय ८६ म्यादी प्रहरी माग भएको छ ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिक रूपले तन्दुरुस्त हुनुपर्नेलगायतका मापदण्ड राखिएका छन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);