लमजुङमा तीन दिनमै १४ सय ६४ जनाले म्यादी प्रहरीमा भर्ना हुन फारम भरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

लमजुङमा तीन दिनमै १४ सय ६४ जनाले म्यादी प्रहरीमा भर्ना हुन फारम भरे

लमजुङ । आगाम ३० वैशाखमा हुने स्थानीय तहकाे निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै लमजुङमा फारम भर्नेहरूको भिड लागेको छ । सहरबजार तथा ग्रामीण भेगबाट म्यादी प्रहरीमा युवाहरू भर्ना हुन आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुन विद्यार्थीदेखि बेरोजगार युवायुवती तथा गृहिणीसमेत अधिक मात्रामा छन् ।

मंगलबारसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा १४ सय ६४ जनाको फारम दर्ता भएको छ । जसमा दुई सय ४३ महिला र १२ सय २१ जना पुरुषले फारम दर्ता गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार लमजुङमा नाै सय ८६ म्यादी प्रहरीकाे माग छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कार्कीका अनुसार आइतबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम ११ चैत साँझ ५ बजेसम्म रहनेछ । उनले म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने बताएका छन् । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिन सक्नेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);