वेरोजगार युवाहरु म्यादी प्रहरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वेरोजगार युवाहरु म्यादी प्रहरीमा

खम्म खत्री १८ चैत्र मंगलसेन ।
आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि नेपाल प्रहरीले खोलेको म्यादी प्रहरीमा अछाममा १६ सय ६४ जनाले नाम दर्ता गराएका छन् । चैत्र ११ गतेबाट सुरु भएको आवेदन दर्ता प्रक्रियामा विहिवार सकिएकोे

वेरोजगार युवाहरु म्यादी प्रहरीमा

 

 

खम्म खत्री १८ चैत्र मंगलसेन । आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि नेपाल प्रहरीले खोलेको म्यादी प्रहरीमा अछाममा १६ सय ६४ जनाले नाम दर्ता गराएका छन् । चैत्र ११ गतेबाट सुरु भएको आवेदन दर्ता प्रक्रियामा विहिवार सकिएकोे जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । अन्तिम दिन सम्म आईपुग्दा अछाममा १६ सय ६४ ले निवेदन दिएको अछाम प्रहरी प्रमुख निरञ्नलदत्त भट्टले जानकारी दिए । म्यादी प्रहरीका लागि आवेदन दर्ता गराए संगै युवा युवतीको केहि दिन यता मंगलसेन वजारमा भीँड लाग्ने गरेको छ । यस्तै प्रहरीले म्यादी प्रहरीको भर्ना खोलेपछि जिल्ला प्रशासनमा नागरिकताको प्रमाण पत्र बनाउनेको पनि बाक्लो भीँड लाग्न थालेको छ । प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्टले जानकारी दिए ।

 

प्रति दिन एक देखि एक सय ५० सम्मले नयाँ नागरिकताको प्रमाण पत्र लिने गरेको जानकारी दिए । बढ्दो बेरोजगारी समस्याका कारणले युवा युवतीहरु केहि समयका लागि मात्र भए पनि म्यादी प्रहरीमा भर्ना हुन आएको सुनाउने गरेका छन् । कालिकाका अर्जुन रावलले खाली घरमा हल्लिएर बस्नु भन्दा दुई महिनाका लागि मात्र भए पनि म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएको बताए । आवेदन दिएका मध्येकाहरुलाई यहि १९ गते देखी २१ गते सम्म प्रारम्भीक टनौट गरि २२ गते अन्तिम नतिजा र्सावजनिक गरिने अछाम प्रहरीले जनाएको छ । एकातर्फ युवाहरु गाउँ छोडेर रोजगारीको खोजीमा बिदेशमा गएका छन भने बाँकी रहेका युवा युवती पनि म्यादी प्रहरीमा भर्ना भए पछि अधिकांश गाउँहरु युवा युवती विहिन नै हुने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);