ओली र देउवालाई बालुवाटार बोलाएका प्रचण्डले आज दिनभर के के गर्दैछन् ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओली र देउवालाई बालुवाटार बोलाएका प्रचण्डले आज दिनभर के के गर्दैछन् ?

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा राजनीतिक छलपललाई तिब्रता, आज कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुसँगको राजनीतिक परामर्शलाई तीव्रता दिनुहुने भएको छ ।

मधेसी मोर्चाका नेतासँग छलफल गर्नुअघि उहाँले आज सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लाग्नुभएको हो ।

छलफलको समय तय नभएपनि प्रधानमन्त्री दाहालले मोर्चाका नेतासँगको बार्ता अघि ठुला २ दलका शीर्ष नेतासँग बैठक गर्न लाग्नुभएको हो ।

त्यसपछि मोर्चाका नेताहरुसँग सिमांकनको विषय संघीय आयोगबाट केन्द्रको चुनावअघि नै टुंग्याउनेगरी बाँकी विषयमा संविधान संशोधन गर्ने र मोर्चाले स्थानीय चुनावमा भाग लिने विषयमा छलफल गर्नुहुने प्रधानमन्त्रकिो सचिवालयले जनाउको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);