निर्वाचनले पाल्पाका राजनैतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणमा उत्साह | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निर्वाचनले पाल्पाका राजनैतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणमा उत्साह

प्रकाश नेपाल चैत्र २१ पाल्पा ।
झण्डै २ दशक पछि हुनलागेको स्थानिय तहको निर्वाचनले पाल्पाका राजनैतिक दलका नेता कार्यकर्ता देखि सर्वसाधारणमा उत्साह थपीएको पाइएको छ । राजनैतिक दलहरुले गाउँगाउँमा आआफ्ना संगठन विस्तार गर्दै नेतृत्व चयन गर्ने अभियानमा जुट्न थालेका छन् ।

निर्वाचनले पाल्पाका राजनैतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणमा उत्साह

 

 

प्रकाश नेपाल चैत्र २१ पाल्पा । झण्डै २ दशक पछि हुनलागेको स्थानिय तहको निर्वाचनले पाल्पाका राजनैतिक दलका नेता कार्यकर्ता देखि सर्वसाधारणमा उत्साह थपीएको पाइएको छ । राजनैतिक दलहरुले गाउँगाउँमा आआफ्ना संगठन विस्तार गर्दै नेतृत्व चयन गर्ने अभियानमा जुट्न थालेका छन् । वडा देखिका जनप्रतिनिधीहरु चुन्ने अवसर पाउन थालेकोमा सर्वसाधारण मतदाता समेत खुसी देखिन्छन् । खासगरी जिल्लामा नेपाली कांग्रेस , नेकपा एमाले , नेकपा माओवादी केन्द्र , राष्ट्रिय प्रजातन्त्र पार्टी , राष्ट्रिय जनमोर्चा , लगायतअन्य केही राजनैतिक दलचुनावी प्रतिस्पर्धामा रहेको देखिएको छ ।

 

जिल्लामा निर्वाचनको चहलपहल बढ्दै गएको छ तर कुनै पनिदलले आधिकारीकउमेद्वार भने चयन गरिसकेका छैनन् । राजनैतिक दलभित्र गाउँपालिका र नगरपालिकामा कसलाई उमेद्वार बनाउने भन्ने लवीङ र छलफल सुरु भएको छ । त्यस्तै निर्वाचन नजिकिदै गर्दा राजनैतिकदलले गाउँका वडा वडामा बैठक र कार्यक्रम गरी चुनावलाई आफ्नो पक्षमा पार्न जोडतोडले लाग्नथालेका छन् । ११ वटा दलले निर्वाचन कार्यालयमा दलदर्ता गराएता पनि मुख्य प्रतिस्पर्धा भने ३ ठूला दलबीच नै देखिने अड्कल मतदाताले काट्न थालेका छन् ।

 

१ लाख ६७ हजार ८ सय ४७ मतदाता रहेको पाल्पामा पुरुषको भन्दामहिलाको सख्या ७ हजारले बढी रहेको छ । २ वटानगरपालिका र ८ वटा गाउँपालिकामा ११७ मतदान स्थल रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयले मतदाताको अन्तिम नामावली तयार पारिसकेको छ भने अब मतदाता शिक्षा सम्बन्धी प्रशिक्षणको तयारीमा रहेको निर्वाचन अधिकारी धर्मा अर्याल वेल्वासेले बताउनु भएको छ । स्थानियतहको पुन संरचना पछि हुनलागेको पहिलो निर्वाचन सबैको लागि नौलो हुने हुदा योग्यउमेद्वारलाई मत खसाली जिताउन मतदाताहरु आतुर रहेका देखिन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);