सर्वोच्चको आदेशसँगै यसरी बढ्यो राजनीतिक अन्यौलता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सर्वोच्चको आदेशसँगै यसरी बढ्यो राजनीतिक अन्यौलता

Sarbocha adalat

काठमाडौ, २४ फागुन। सर्वोच्च अदालतको पछिल्लो आदेश पनि नेपाली राजनीतिका लागि विस्मयकारी नै रह्यो । यो आदेशसँगै मुलुकको राजनीति पुनः तरंगित हुन पुगेको छ । सतही तहमा सर्वोच्च अदालतले गत आईतबार सुनाएको फैसलाले नेकपा आफ्नो पार्टी रहेको र शक्तीका आडमा आफ्नो पार्टी अर्कैले कब्जा जमाएको भन्दै अदालत गुहार्न पुगेका नेकपाका अध्यक्ष ऋषि कट्टेललाई राहत पु¥याएको देखिएको छ ।

तर, योसँगै मुलुककै राजनीतिमाथि फैसलाका कारण गम्भीर असर पुग्ने समेत देखिएको छ । नेकपामाथिको कट्टेलको अधिकार स्थापित भएसँगै तत्कालिन एमाले र माओवादी केन्द्रबिचको एकताभई बनेर सत्तामा पुगेको नेकपाको दलीय मान्यतालाई अदालतले खारेज गरिदिएको छ । यहि फैसलाका कारण यतिबेला नेकपाको आन्तरिक राजनीतिमा भुईचालो नै गएको छ भने, यसको सह उत्पादनका नाममा वर्तमान राजनैतिक ब्यवस्थाकै निरन्तरतामाथि समेत प्रश्न उठ्न थालेको छ ।

सर्वोच्च अदालतको यो पछिल्लो आदेशलाई सत्ताकै एक पक्षले स्वागत योग्य भनिरहँदा शासनकै अर्को पाटोमा रहेको नेकपाको अर्को खेमाले भने अदालतले मागदावी भन्दा पर हटेर फैसला दिएको र अपेक्षा विपरित आएको भन्दै कानुनी राय सल्लाहमा आफुलाई केन्द्रित गरेको छ । अदालतले प्रचलित ऐन कानुनमा विद्यमान ब्यवस्थालाई लिएर आफ्नो निर्णय दिने हो । कसको अपेक्षा के हो ? भनेर अदालत अनावश्यक क्षेत्रमा बसेर निर्णयमा पुग्दैन ।

तर आफु अनुकुल हुँदा अपेक्षा अनुकुल हुने र आफु प्रतिकुल हुँदा अपेक्षा विपरित हुने नेपाली राजनीतिक दलहरुको पुरानै रोग हो । र यसैले पनि कतिपय बेला अदालतबाट आउने फैसला विवादित पनि हुने गरेकाछन् । तर, अदालतले गर्ने फैसला प्रचलित ऐन कानुन अनुसार नै हुने भएकाले बेलाबेलामा उठाइने विवादले त्यति महत्व पनि पाउँदैन् ।

जेहोस, राजनैतिक दलको स्वामित्वका सवालमा सर्वोच्चले दिएको पछिल्लो आदेशले शक्तिमा पुगेका राजनैतिक दलको मिचाईमा परेका साना दललाई भने राहत नै दिएको छ । हो, अदालतको यो फैसलाले सत्तारुढ दल भित्रै ठुलो भुकम्प ल्याईदिएको छ । यसैपनि सत्तारुढ दल जुनसुकै बेला हुनसक्ने विभाजनको संघारमा थियो । बिगतमा माओवादी केन्द्र र एमाले बिच एकता भई बनेको नेकपाभित्र पछिल्लो समय माओवादीकै एक खेमा र एमाले पक्षका केही नेता संस्थापन पक्षका विरुध्दमा मोर्चाबन्दी मै थिए ।

वैचारिक र सिध्दान्त विपरित ब्यक्तिगत कुण्ठा र आग्रह बोकेर दुई खेमामा बिभक्त भएर अन्तर संघर्षमा लिप्त रहेको नेकपाको एउटा खेमाले अदालतको यो आदेशलाई प्रिय मान्नै नसकेको देखिएको छ । उता पार्टी संस्थापन पक्षले फैसलालाई सहजै ग्रहण गरेकै कारण पनि अबको नेकपाको सत्ता राजनीति र भोलीको समय कसरी जाला भन्ने कौतुहलता पनि जनस्तरमा उतिकै बढेको छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपि ओली समेत पुष्पकमल दहाल“प्रचण्ड” माधव नेपालको नेतृत्व रहेको नेकपाको अस्तित्व समाप्तिको घोषणा गरे लगत्तै वर्तमान राजनैतिक ब्यवस्थाको निरन्तरता र भोलीको राजनैतिक अबस्थाका सवालमा यतिबेला जनस्तरमा चासो र कौतुहलता बढ्नु अन्यथा पनि हैन । मुलुकको विद्यमान राजनैतिक व्यवस्था अनुशासित ढंगले बढ्न नसक्दा ब्यवस्थामै राजनीतिक विचलन देखिएको छ ।

यसैकारण पनि ब्यवस्थालाई लिएर कतिपय बेला परिवर्तनका संवाहकहरुबाटै ब्यवस्थाकै सम्बन्धमा विरक्ती पोखिएका पनि हुन् । पछिल्लो समय सत्तारुढ दलमा देखिएको सिध्दान्त र विचारशून्य अन्तर संघर्ष र मुलधारमा रहेका र परिवर्तनका लागि महत्वपुर्ण भूमिकामा रहेका अन्य राजनैतिक दलले ब्यवस्थामा देखाउन नसकेको अपनत्वकै कारण पनि राजनीति नै के हो ? कसो हो ? भन्ने अबस्थामा रहेको थियो ।

आन्तरिक किचलोमा अल्झिएको नेकपालाई अदालतले पुनः दुई बर्ष अघिकै स्थितिमा पु¥याएर एमाले र माओवादीकै रुपमा ब्युँताई दिएको छ । योसँगै पार्टीको नेतृत्वमा रहेका केही नेता र तिनका अनुयायीहरुको राजनितिक भबिष्यलाई लिएर पनि अनेकथरी प्रश्न उठ्न थालेका छन् । फैसलाकै कारण बिगत दुई बर्षदेखि नेकपाका रुपमा केन्द्र, प्रदेश र नगर तथा गाउँपालिकामा कार्यरत नेकपाको पुरै संरचना ध्वस्त भएको छ ।

संरचना ध्वस्त भएसँगै मुलुकको शासन सत्ता समेत पुर्ण बहुमतको स्वरुपबाट त्रिशंकुमा पुगेको छ । सबैभन्दा ठुलो चिन्ता भनेकै यतिबेला स्थायी सरकार एकाएक अस्थायी बन्न पुग्नु हो । र योसँगै भित्रिएको राजनैतिक अस्थिरताले अब मुलुकले कुन बाटो समाउने भन्ने हो । अब आउने परिस्थिति र राजनैतिक अस्थिरताबाट मुलुकले कसरी त्राण पाउने भन्नेमा सबै दलले आफ्ना दलीय स्वार्थभन्दा माथी उठेर सोच्नु पर्ने स्थिती आईपरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);