पार्टीको आमसभाका लागी विद्यालय बसमा कार्यकर्ता ओसार्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पार्टीको आमसभाका लागी विद्यालय बसमा कार्यकर्ता ओसार्दै

नवलपरासी, १ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले शनिबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय जनसभा गरेको छ । सोही भेलामा जानकालागि पश्चिम नवलपरासीका २ विद्यालयका बस कार्यकर्ता ओसार्न प्रयोग भएको हो । सुनवल नगरपालिकाका रामनगर एकेडेमी भुमही र विद्यासागर प्रसिद्ध इङलिस बोर्डिङ स्कुल हरकट्टाले आमसभाकोलागि कार्यकर्ता ओसार्नका बस उपलब्ध गराएका हुन् ।

आमसभा स्थल बुटवलको छिमेकी जिल्ला भएका कारण पनि ओली समुहका जिल्ला नेता कार्यकर्ताले नवलपरासीबाट ठुलो सङ्ख्यामा कार्यकर्ता उपस्थित गराउन केहि दिन यता निकै मिहेनत गरिरहेका थिए । अन्य सवारी भन्दा स्कुल बस लैजादा सवारीको भाडा कम पर्नेभएकाले स्कुल बस प्रयोग गरिएको हुन सक्ने स्थानीयले बताएका छन् ।

अराजकताको अन्त्य, राजनैतिक स्थिरता, संविधानको रक्षा, राष्ट्रिय स्वाधिनता, ताजा जनादेश विकासको निरन्तरता’ भन्ने मुल नाराका साथ आयोजना गरिएको सो जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उर्जामन्त्री तथा नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका नेताहरूले आमसभालाई सम्वोधन गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);