सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते 

सिरहा। सिरहाको सिरहा नगरपालिका–१२ मा आज स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको  छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);