सिरहामा यात्रुबाहक बस अनियन्त्रित हुँदा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिरहामा यात्रुबाहक बस अनियन्त्रित हुँदा एकको मृत्यु

सिरहा । सिरहामा यात्रुबाहक बस अनियन्त्रित हुँदा एकको मृत्यु भएकाे छ ।

पूर्वपश्चिम राजमार्ग सिरहाको जिरोमाईलबाट सीमावर्ती क्षेत्र बरियारपट्टि तर्फ गइरहेको बा २ ख ७१९० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको हाे ।

बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ सिवनगरको वर्ष ३६ गणेश मुखियाको घटना स्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा डिएसपी सुभाष बुढाथोकीको अनुसार बसमा २५ देखि ३० जना यात्रुहरु सबार रहेकोमा करिब १५ जना घाईते भएका छन् भने उनीहरुको उपचार स्थानीय आरके मेडिसिटि हस्पिटलमा उपचार भइरहेको छ ।

सडकदेखि तल खेतमा पल्टिएको बसलाई जेसिबीको सहाराले सडकमा ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);